अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता रोक्ने सम्बन्धी आदेशका विरूद्धमा हालिएको रिटमा अमेरिकाको जिल्ला अदालतले अस्थायी निशेधाज्ञा जारी गरेको छ।
एड्स भ्याक्सिन एड्भोकेसी कोएलिसन र ग्लोबल हेल्थ काउन्सिलले हालेको रिट माथिको छलफलपछि अस्थायी निशेधेज्ञा जारी गरेको हो। कार्यकारी आदेश १४६९ अनुसार, सबै विदेशी सहायता कार्यक्रम निलम्बन गर्ने निर्णय गरिएको थियो।
यो आदेशका विरूद्धमा परेको रिटमा अदालतले रोक्ने वा पूर्ण रूपमा अवैध भन्ने निर्णय गरेको छैन। तर अदालतले राष्ट्रपतिको आदेशको कार्यान्वयनमा अस्थायी रोक लगाउने निर्णय गरेको छ।
अदालतले मुख्य तीन विषयमा भने रोक लगाएको छ। १९ जनवरी २०२५ सम्म स्वीकृत भइसकेका सहायता कार्यक्रमहरूलाई रोक्न नमिल्ने जनाएको छ। सोही समयसम्म सम्झौता भइसकेका अनुदान, सहयोग सम्झौता र ठेक्काहरू पनि खारेज गर्न नमिल्ने बताएको छ।
यस अवधिभित्रको सहायता रकमको भुक्तानी पनि निलम्बन नगर्न आदेश गरिएको छ।
अदालतले राष्ट्रपतिको कार्यकारी आदेशलाई पूर्ण रूपमा अवैध भन्न नमिल्ने जनाएको छ। जस अनुसार कर्यकारीको आदेशलाई समग्रमा यथास्थितिमा राख्न नपर्ने देखिन्छ। त्यस्तै सहायता कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि आदेश दिन आवश्यक नरहेको ठहरेको छ। त्यस्तै सम्बन्धित निकायहरूसँग गरिएको करार अनुसार काम गर्न अदालको आदेशले नरोक्ने जनाइएको छ।
अदालतबाट अन्तिम निर्णय नआएसम्म अहिलेको आदेश कायम रहनेछ।
याे पनि:
दुई दिनमा युएसएआइडीका २३१ परियोजना रद्द, अमेरिकी अदालतमा आज सुनुवाइ