मारुती सिमेन्टको ‘१२ मा ६ खजाना’का विजेता घोषित


ओपीसी सिमेन्ट उद्योग मारुतीले आफ्नो नँया योजना ‘१२ मा ६ खजाना’का विजेताहरु घोषित गरेको छ।

यो योजनामा ग्राहकहरुले प्रत्येक १२ बोराको खरिदमा एउटा स्क्राच कुपन प्राप्त गर्नेछन् जसमा स्योरसर्ट मार्फत २० रुपैयाँदेखि ५० रुपैयाँसम्म प्रत्येक बोरामा छुट पाउनेछन्।

अर्को स्क्रयाचमा भएको युनिक कोड लाई एसएमएस गरी दैनिक १ सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल, साप्ताहिक थाईल्याण्ड भ्रमण, हरेक महिना बजाज एभेन्जर बाइक अनि बम्परमा १५ तोला सुन र मेगा बम्परमा एउटा रेनल्ट कार जित्ने मौका प्राप्त गर्ने कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले जानकारी दिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.