काठमाडौंको नागार्जुन नगरपालिकामा गरिब तथा सुकुम्बासीका लागि सरकारले भव्य अपार्टमेन्टहरू बनाएको धेरै वर्ष बितिसक्यो।
बागमती, विष्णुमती र मनहरा किनारका ‘सुकुम्बासी’ले भने सो अपार्टमेन्टमा बस्न मानिरहेका छैनन्। सुकुम्बासी र गरिब व्यक्तिहरूका लागि सरकारले चार वटा ठूला अपार्टमेन्ट बनाएको छ।
सरकारले १२ करोड रुपैयाँ लगानी गरेर दुई स्थानमा निर्माण गरेका यी भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन्।
काठमाडौंका नदी किनारमा रहेका सक्कली सुकुम्बासीहरूलाई सुविधासहितको भवनमा व्यवस्थापन गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा ०६९ सालमा सरकारले यी भवनहरू बनाउने निर्णय गरेको भएता पनि सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा बनेको आवास काठमाडौंका वास्तविक सुकुम्बासीले देख्नसम्म पाएका छैनन्।
पूर्ण प्रयोगमा नआएर जीर्ण बन्दै गरेको सुविधा सम्पन्न अपार्टमेन्टका एउटा ब्ल्कमा भने नागार्जुन नगरपालिकाको वडा नं. १ को कार्यालय र अस्थायी पोष्ट रहेको छ भने एउटा ब्लक भने मानव सेवा आश्रमले प्रयोग गरिरहेको छ।
यसरी सुकुम्बासी र गरिबहरूको लागि बनाइएका सो अपार्टमेन्टहरू पूर्ण रूपमा प्रयोग नहुँदा लेउ र झारले छोपिएको छ र जीर्ण समेत बन्दै गएको छ।
तस्बिरहरू:
-1721728506.jpg)
-1721728505.jpg)
-1721728505.jpg)
-1721728505.jpg)
-1721728503.jpg)
-1721728504.jpg)
-1721728504.jpg)
-1721728504.jpg)
-1721728503.jpg)
-1721728503.jpg)
-1721728503.jpg)
-1721728502.jpg)
-1721728500.jpg)
-1721728501.jpg)
-1721728501.jpg)
-1721728502.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी