दरबारमार्गमा खुल्यो फिला, १२ हजारको सामानकिन्दा ५ हजारको उपहार


काठमाडौंको दरबारमार्गमा इटालियन ब्राण्ड फिलाको आउटलेट संचालनमा आएको छ ।

स्पोर्टस् प्लाजा प्रालिले नेपालका लागि पहिलो पटक फिला बा्रण्ड नेपालमा भित्र्याएको हो। नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामाले आउटलेटको उद्घाटन गरेका छन् ।

आउटलेटमा फिला ब्राण्डको स्पोर्टस वेयरहरुको साथै अरु स्पोट्सका आइटमहरु पाइने म्यानेजर दिलिप केसीले बताए।  आउटलेट संचालनमा अवसरमा फिलाले १२ हजारको सामान किन्दा ५ हजार बराबरको उपहार दिने घोषणा गरेको छ।

उपहार योजना भने एक हप्तापछि सकिनेछ । फिला सन् १९७० मा इटलीबाट सुरु भएको हो ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.