कोभिड १९ का कारण ३ महिनादेखि बन्द भएको ललितपुरस्थित लुइस फिलिपको स्टोर उच्च सतर्कता अपनाउँदै संचालनमा आएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै लुइस फिलिपको नेपालका लागि आधिकारिक विक्रेता आरपी ग्रुपले उच्च सुरक्षा अपनाउँदै स्टोर संचालनमा ल्याएको हो।
'अहिले ग्राहकहरु कोभिडदेखि डराइरहेका छन, उनीहरु स्टोरहरु सुरक्षित छैनन भनिरहेका छन, स्टोर प्रवन्धक महर्जनले भने, त्यही भएर हामीले उच्च सुरक्षा अपनाउदैँ स्टोर संचालनमा ल्याएका छौं ।'
उनका अनुसार ग्राहक स्टोर भित्र छिर्ने वित्तिकै मास्क र स्यानिटाइचर दिइन्छ। त्यसपछि ग्राहकहरुले कपडा ट्राइ गरेपछि सो कपडा र फिटिङ रुम पनि स्यानिटाइच गरिने गरेको महर्जनले बताए।
लकडाउनको बेला पनि आरपी ग्रुपले लुइस फिलिपका गर्मी महिनाका लगाउने कपडाहरु मगाएको छ। न्यु एराइभलमा सुट, ब्लेजर, सर्ट, टिसर्ट, जुत्ता, टाइ कफलिन, पकेट स्वाक्यर, फर्मल सेमिफर्मल बेल्ट र वालेट मगाइएको स्टोर प्रवन्धक शुशान्त महर्जनले जानकारी दिए।
नेपालमा लुइस फिलिपका सर्ट र पाइन्ट प्रसिद्ध छ ।
भारतीय प्रिमियम ब्राण्ड लुइस फिलिपको स्टोर २०१८ जनवरीमा नेपालका लागि पुर्व भारतीय राजदूत मन्जितसिंह पुरीले उद्घाटन गरेका थिए।