राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा भदौमा औसत मूल्य वृद्धि १.८७ प्रतिशत छ। गत साउनमा यस्तो वृद्धिदर १.६८ प्रतिशत थियो।
गत आर्थिक वर्ष २०८१/८२ मा औसत मूल्य वृद्धि ४.०६ प्रतिशत देखिएको थियो। चालु आर्थिक वर्षमा भने मूल्य वृद्धि औसत पाँच प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य छ।
यो दुई महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा घ्यु तेलमा सबैभन्दा धेरै ११.०९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, गैर मदिराजन्य पेयपद्धार्थमा ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको छ।
तर, तरकारीमा १२.७४ प्रतिशत, मरमसला ६.३१ प्रतिशतले र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले मूल्य घटेको छ।
गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा ११.७७ प्रतिशत, शिक्षा ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ६.२९ प्रतिशत, सुर्तिजन्य पद्धार्थको ४.८४ प्रतिशत र घरायसी सामान तथा फर्निसिङको ४.५५ प्रतिशत बढेको छ।