जानकी फाइनान्स नोक्सानमा देखिएको छ।
चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा कम्पनी नोक्सानमा देखिएको हो।
कम्पनी २५ करोड रूपैयाँ नोक्सानमा देखिएको छ। गत आर्थिक वर्ष २०८०–८१ को यही अवधिमा कम्पनीको नाफा १९ लाख रूपैयाँ थियो।
कम्पनीको खुद ब्याज आम्दानी नै ९० प्रतिशतले घटेको छ। त्यसबाहेक उच्च प्रावधान रकम राख्न परेपछि नोक्सानमा देखिएको हो।
कम्पनीको खुद ब्याज आम्दानी १० करोड रूपैयाँबाट घटेर एक करोडमा सीमित भएको छ। कम्पनीले यसअघि ८ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक २२ करोड रूपैयाँ प्रावधानमा राखेको छ।
कम्पनीको खराब कर्जा ४०.८८ प्रतिशत पुगेको छ। पहिलो त्रैमासमा कम्पनीको खराब कर्जा ३४.६४ प्रतिशत थियो।
कम्पनीको वितरणयोग्य नाफा एक अर्ब रूपैयाँले ऋणात्मक छ।