असोज पहिलो साता भएको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोको कारण बीमा कम्पनीहरूमा सात अर्ब बराबरको दाबी पर्ने अनुमान सार्वजनिक भएको छ।
बीमा प्रधिकरणले गरेको यस्तो अनुमान अनुसार सात अर्ब ३७ करोड बराबरको दाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ।
यसमध्ये हालसम्म दुई अर्ब ६७ करोडको दाबी परिसकेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३ सय १९ वटा दाबी पर्ने प्रारम्भिक अनुमान छ। कुल एक अर्ब ८१ करोडको दाबी पर्ने मानिएको हो। हालसम्म कम्पनीमा दाबी परिसकेको छैन।
दि ओरियण्टल इन्स्योरेन्समा एक अर्ब ४४ करोड रूपैयाँका कुल एक सय ४७ वटा दाबी परिसकेको छ। यति नै दाबी पर्ने अनुमान गरिएको छ।
हिमालयन एभरेष्टमा एक अर्ब १७ करोड रूपैयाँका कुल दुई सय १६ वटा दाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ।
नेको इन्स्योरेन्समा दुई सय २३ वटा दाबी परेका छन्। कुल ८९ करोड ८४ लाख रूपैयाँको दाबी परेको हो। यति नै दाबी पर्ने प्रारम्भिक अनुमान समेत छ।
शिखर इन्स्योरेन्स कम्पनीमा ४६ करोड ५८ लाख रूपैयाँको तीन सय २२ वटा दाबी पर्ने प्रारम्भिक अनुमान छ। हालसम्म कुनै दाबी परिसकेको भने छैन।
नेसनल इन्स्योरेन्समा २३ करोड रूपैयाँको २५ वटा दाबी पर्ने अनुमान गरिएको छ। हालसम्म कम्पनीमा दाबी परिसकेको छैन।
आइजिआइ प्रुडेन्सियलमा २० करोड ६४ लाख रूपैयाँको कुल दुई सय ४८ वटा दाबी पर्ने अनुमान छ। कम्पनीमा यस सम्बन्धमा हालसम्म दाबी परिसकेको छैन।
नेपाल इन्स्योरेन्समा १५ करोड २४ लाख रूपैयाँको कुल एक सय २८ वटा दाबी पर्ने अनुमान गरिएको छ।
एनएलजी इन्स्योरेन्समा १२ करोड ६ लाख रूपैयाँको कुल ६० वटा बीमा दाबी परेको छ। यही रकम बराबरको दाबी पर्ने प्रारम्भिक अनुमान छ।
युनाइटेड अजोड इन्स्योरेन्समा सात करोड ४४ लाख रूपैयाँको कुल एक सय ७० वटा दाबी परेको छ। यही दाबी पर्ने अनुमान कम्पनीको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६३ करोड रूपैयाँको कुल दुई सय ९१ वटा दाबी पर्ने अनुमान गरिएको छ।
प्रभु इन्स्योरेन्सको चार करोड १७ लाख रूपैयाँको कुल ८३ वटा दाबी परेका छन्। यति नै दाबी पर्ने कम्पनीको अनुमान छ।
सानिमा जनरल इन्स्योरेन्समा दुई करोड ८६ लाख रूपैयाँको ८८ वटा दाबी पर्ने अनुमान गरिएको छ। कम्पनीमा हालसम्म यस सम्बन्धमा कुनै दाबी परिसकेको भने छैन।
स्टार माइक्रो इन्स्योरेन्समा ६१ लाख रूपैयाँका सात वटा र ट्रष्ट माइक्रो इन्स्योरेन्समा नौ लाख २० हजार रूपैयाँका चार वटा दाबी परेका छन्। यति नै दाबी पर्ने अनुमान कम्पनीहरूको छ।
नेपाल माइक्रो इन्स्योरेन्समा चार लाख रूपैयाँको कुल तीन वटा दाबी पर्ने प्रारम्भिक अनुमान छ। कम्पनीमा दाबी परिसकेको भने छैन।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा एक लाख ३० हजार रूपैयाँका दुई वटा दाबी परेका छन्। प्रारम्भिक अनुमानले कम्पनीमा यति नै दाबी पर्ने देखिएको छ।
त्यस्तै, राष्ट्रिय बीमा कम्पनीमा ९ करोड ६० लाख रूपैयाँका कुल १२ वटा दाबी परेका छन्। कम्पनीले प्रारम्भिक अनुमान भने सार्वजनिक गरेको छैन।
यो पनिः बाढीले सवारी साधनमा क्षति पुग्यो? यस्तो अवस्थामा पाइन्छ बीमा