बजारमा सुकेको प्याजको भाउ घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांकअनुसार आइतबार सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३९ देखि ४१ रूपैयाँमा बिक्री भइरहेको छ।
अघिल्लो दिनको तुनामा यो दुई रूपैयाँले सस्तो हो। शनिबार कालीमाटी बजारमा प्याज प्रतिकिलो थोक मूल्य ४१ देखि ४३ रूपैयाँमा बिक्री भएको थियो।
शुक्रबार भने प्याज प्रतिकिलो थोक मूल्य ४४ देखि ४५ रूपैयाँमा बिक्री भइरहेको थियो।
पछिल्लो समय बजारमा प्याजको भाउ घटबढ भइरहेको छ। आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी र भारतीय दुवै प्याज आइरहेका छ्न्।
भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ। व्यवसायीहरूका अनुसार प्याजको मूल्य अन्य तरकारीको मूल्य जस्तो धेरै मूल्यमा घटबढ हुँदैन।
थोक मूल्य घटेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि घटेको छ।