बजारमा गाजरको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
बजारमा गाजर लोकल र तराई गरी दुई प्रकारको आउँछ।
समितिको तथ्यांक हेर्दा शुक्रबार कालीमाटी बजारमा लोकल गाजर प्रतिकिलो थोक मूल्य न्यूनतम ९० देखि अधिकतम एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, तराई गाजर प्रतिकिलो थोक मूल्य ८० देखि ९० रूपैयाँमा कारोबार भइरहेको छ।
एक महिनाअघि कालिमाटी बजारमा लोकल गाजर प्रतिकिलो थाक मूल्य २५ देखि ३५ र तराई गाजर १५ देखि २५ रूपैयाँमा कारोबार भएको थियो।
एक साताअघि भने बजारमा लोकल गाजर प्रतिकिलो ७५ देखि ८५ रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तराई गाजर प्रतिकिलो थोक मूल्य ६० देखि ७० रूपैयाँमा कारोबार भएको समितिकाे तथ्यांकले देखाउँछ।
आपूर्तिका आधारमा मूल्य घटबढ हुन्छ।
अहिले बजारमा गाजरको सिजन सकिन लागेकाले मूल्य बढिरहेको व्यवसायीहरू बताउँछन्।