अर्थमन्त्री युवराज खतिवडा बुधबार लण्डन आइपुगेका छन्।
आउँदो महिना नेपालमा आयोजना हुने लगानी सम्मेलनको लागि बेलायती लगानीकर्तालाई उत्प्रेरित गर्ने मुल लक्ष्यसहित उनी लण्डन आएका हुन्।
शुक्रबार लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने नेपाल विकास सम्मेलनमा मन्त्री डा खतिवडा प्रमुख वक्ता रहनेछन् ।
बेलायत भ्रमणका क्रममा उनले बेलायती सरकारका अधिकारी, डिएफआइडिका प्रतिनिधिसँग पनि भेट्दैछन् । बेलायती अधिकारीसँग उनले नेपालको लागि बेलायती सहायता अभिवृद्धि, भूपू गोर्खाका समस्या लगायतका विषयमा छलफल गर्ने अपेक्षा छ।
यसबैबीच बुध लण्डन आइपुगेपछि मन्त्री खतिवडा एनआरएन यूकेले आयोजना गरेको उक अन्तरक्रियामा सहभागी बनेका छन्।
त्यसक्रममा उनले इतिहासकै उच्च आर्थिक वृद्धि भइरहेको दाबी गरेका छन् । सरकारका आलोचकहरुले पूर्वाग्रही रुपमा एकतर्फी हिसाबले सरकारलाई असफल दखाउने कोशिस गरिएको दाबी गरेका छन्।
‘अर्थतन्त्रका समग्र परिसूचकहरुको हिसाब गरौं, आइएफएमको प्रतिवेदनले देखाएको ७ प्रतिशतको आर्थिक वृद्धिको रिपोर्ट हेरौं’, मन्त्री खतिवडाले भने , ‘तर पूर्वाग्रही रुपमा तथ्यांकहरुसंग खेलेर अतिरञ्जित गर्ने काम नगरौं।’
सरकारले प्रगतिशिल कर प्रणाली लगाएको, सरकारको वित्त सन्तुलनमा रहेको तथा मुद्रास्फिर्ति घटेको लगायतका विवरण उनले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एनआरएन आईसिसी उपाध्यक्ष कुल आचार्य, यूके अध्यक्ष योगकुमार फगामी लगायतले एनआरएन नागरिकता, नेपालमा लगानी लगायतका विविध विषयमा गैरआवासीय नेपालीहरुका चासो र जिज्ञासा मन्त्रीसमक्ष राखेका थिए।