काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि भेला हुन थालेका छन्।
मंगलबार बिहानदेखि संसद भवन अगाडि भेला भएर नाराबाजी गर्न थालेका हुन्।
उनीहरूले संसद भवनको मूल गेटअगाडि भेला भएर प्रधानमन्त्री र सरकारविरूद्ध नाराबाजी गरिरहेका छन्।
प्रहरीले भने मानिसहरू सोमबारको प्रदर्शनपछि मानिसहरू बानेश्वर क्षेत्रको अवस्था हेर्न आएको भनेको छ।
‘केही मानिसहरू हेर्नका लागि भनेर भेला हुन थालेका छन्,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले भने।
प्रशासन कार्यालयले मंगलबार बिहान साढे ८ बजेदेखि काठमाडौंको चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेको छ।
सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भएको छ। काठमाडौंमा १७ जना र इटहरीमा दुई जनाको मृत्यु भएको थियो।