नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको कोटेश्वरस्थित निवासमा आगजनी गरेका छन्।
जेन–जी प्रदर्शनकारीहरूले मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीले एमाले महासचिवको निवासमा आगो लगाएका हुन्। त्यहाँ अहिले पनि आगो दन्किइरहेको छ भने छिमेकका घरहरू पनि जोखिममा छन्।
प्रदर्शनकारीहरूले सत्ता साझेदार दल एमाले, नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन्। अहिले काठमाडौं प्रदर्शनकारीको नियन्त्रणमा छ।