काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआइजी दानबहादुर कार्कीलाई खटाइएको छ।
मंगलबारदेखि कार्कीलाई उपत्यका प्रहरी कार्यालयमा प्रमुखको रूपमा खटाइएको हो। उनी कार्यालयमा हाजिर समेत भइसकेको डिआइजी ओम रानाले बताए।
यसअघि यहाँ प्रमुख रहेका एआइजी टेक तामाङले गत साता अवकाश पाएका थिए।
सोमबार बानेश्वरमा जेनजीको प्रदर्शन हुँदा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखविहीन थियो।
डिआइजी ओम रानाले निमित्त प्रमुखको रूपमा जिम्मेवारी सम्हालिरहेका थिए।
यसबीच एआइजी कार्कीलाई खटाइएको डिआइजी रानाले जानकारी दिए।