लन्डनमा आयोजना गरिएको मिसेस नेपाल यूके-२०१८ को ताज बिनु लामिछानेले पहिरिएकी छन्।
गत बुधवार लन्डनमा आयोजित कार्यक्रममा सहभागी १३ जना प्रतिस्पर्धीमध्येबाट छनोटहुँदै लामिछाने मिसेस नेपाल यूके २०१८ बन्न सफल भएकी हुन्।
लामिछाने बेलायतमा नर्सिङ पेशामा अवद्ध छिन्। प्रतियोगितामा प्रथम रनर अप बन्दना केसी र सेकेन्ड रनर अप सबु सेन्चुरी र सबिना श्रेष्ठ बने।
नेपाली दूतावास लन्डनका उप नियोग प्रमुख शरद राज आरणको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा एन आर एन यूके अध्यक्ष योग कुमार फगामी तथा सल्लाहकार शिवजी श्रेष्ठलगायतका अतिथिले बिजेतालाई बधाई ज्ञापन गरेका थिए ।
विवाहित महिलालाई समाजमा उनीहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ।
लन्डन फेशन हाउसको आयोजनामा बेलायतमा दोस्रो पटक सम्पन्न मिसेस नेपाल यूके प्रतियोगिताको निर्णायकमा सितु खरेल, रोजिना प्रधान राई, कुशल श्रेष्ठ, स्वेता हुसेन र डा. रजनी रिजाल थिए।
लन्डन फेशन हाउसकी निर्देशक मनिषा डंगोलको पहलमा पहिलो मिसेस नेपाल यूके २०१७ बिजेता आश्था जोशी बटाजुले नै यो कार्यक्रमको संयोजन गरेकी थिइन्।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा सुनिता श्रेष्ठ,बन्दना केशी, सबिना श्रेष्ठ ,सन्तोसी कार्की ,ज्योति गुरुङ ,सबु सेन्चुरी, निरू कोइराला ,बिनु लामिछाने थिए।
प्रतियोगितामा फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाइस, फोटोजेनिक, क्याटवक, वेष्ट शेफ, ब्यूटी फर चेन्ज आदि टाईटल समेत प्रदान गरिएको थियो ।