हुथी विद्रोहीद्वारा साउदीअरबमा मिसाइल प्रहार


यमनको हुथी विद्रोही समूहले आइतबार साउदी अरबमा सात मिसाइल प्रहार गरेको छ।  आइतबार बिहान सो समूहले सात वटा मिसाइल प्रहार गरेको हो।

सातमध्ये तीन मिसाइल राजधानी रियाद लक्षित थिए भने बाँकी ४ मिसाइल अन्य भागमा लक्षित गरी प्रहार गरिएको साउदी सेनाका कर्नेल तुर्की अल मल्लिकीले सिएनएनलाई बताएका छन्।

सबै मिसाइललाई आकाशमै नष्ट गरिएको साउदी अरेबियाको सञ्चार मन्त्रालयले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.