गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको आयोजनामा माल्टामा नेपाल महोत्सव भएको छ।
अप्रिल १४ तारिक अर्थात् नेपाली नयाँ वर्षको अवसर पारेर एनआरएनए माल्टाको आयोजनामा नेपाल महोत्सव भएको हो।
महोत्सवका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा प्रदर्शनी गरिएको थियो।
महोत्सवले माल्टामा रहेका नेपालीलाई नेपाल सम्झाउने अनि एक आपसमा जमघट गर्ने अवसर दिएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) बताए।
युरोपेली मुलुक माल्टामा १० हजारभन्दा धेरै नेपाली छन्।



