गैरआवासीय नेपाली संघ (एनआरएनए) सचिवालयले १२ औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको विवरण सचिवालयमा पेस गर्न आग्रह गरेको छ।
उक्त महाधिवेशन प्रतिनिधिको विवरण आगामी अगष्ट ३१ तारिखसम्म सचिवालयमा पठाउन आग्रह गरेको हो।
सचिवालयले संघको १२औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा एनआरएनए विश्व सम्मेलन आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा हुने जनाएको छ।
