इसराइलले आप्रवासी श्रमिकहरूको तलब बढाएको छ।
हाल पाइरहेको मासिक तलबमा ६.२५ प्रतिशत बढाएको विभिन्न स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बढेको तलब आगामी अप्रिलदेखि लागु हुनेछ।
तलब बढेसँगै अप्रिलदेखि आप्रवासी श्रमिकले घण्टाको ९.४६ डलर र पूरा समय खट्दा महिनाको न्यूनतम एक हजार ७२१ डलर पाउनेछन्।
यसअघि मासिक न्यूनतम तलब करिब एक हजार ६२० डलर हाराहारी थियो।