माल्टाको सडक दुर्घटनामा परी एक नेपाली युवतीको मृत्यु भएको छ।
जनवरी ६ मा दुर्घटनामा परेकी बर्दिबासकी गौरी कुमारी बरालको जनवरी ११ मा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटना परेलगत्तै एम्बुलेन्समा लगिएको भए पनि टाउकोमा गहिरो चोट लागेको कारण बचाउन नसकिएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए। बरालको शव नेपाल ल्याउने प्रयास भइरहेको खनालले बताए।
‘मृतकको शव नेपाल पठाउन प्रयास भइरहेको छ। नेपाली समुदाय र संघ संस्थासॅंग सहयोग रकम उठाइरहेका छौं,’ खनालले भने,‘यो हप्ताभित्र शव पठाउँछौं होला।’
२५ वर्षीय बराल २ वर्षअघि माल्टा गएकी थिइन्।