क्यानडाको सडक दुर्घटनामा परेकी नेपाली युवतीको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
४ दिनअघि क्यानडाको ओन्टारियोस्थित लन्डन सहरमा भएको दुर्घटनामा उनी सख्त घाइते भएकी थिइन्।
उनको अवस्था चिन्ताजनक रहेको एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलाले सेतोपाटीलाई बताए।
काठमाडौं घर भएकी श्रेष्ठ थरकी ती युवती ९ महिना अगाडि मात्रै क्यानडा गएकी थिइन्।
'उनलाई पिकअप ट्रकले ठकर दिएको हो। उपचारमा कुनै समस्या छैन। तर अवस्था चिन्ताजनक छ,' उनले भने,'नेपालबाट उनका बुवाआमा आउने प्रक्रिया भइरहेको छ।'