एक वर्ष अघि क्यानडा गएका एक नेपाली युवा झण्डै १ महिनादेखी हराइरहेका छन्।
क्यानडाको टोरोन्टो शहरबाट नोभेम्बर २३ देखि हराइरहेका नेपालका समिर केसी अहिलेसम्म सम्पर्कमा आएका छैनन्।
परिवारको अनुमतिमा केसीको फोटो सार्वजनिक गरेर सबैतिर खोजिको लागि अपिल गरिएको एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलाले सेतोपाटीलाई बताए।
'हामीले आफ्नो तर्फबाट कतै कसैले देख्नुभयो भने खबर गर्न भनेको छौं। दुतावासले पनि क्यानेडियन सरकारलाई भनिसकेको छ । प्रहरीले पनि खोजीकार्य गरिरहेको छ,' दुलालले भने।
त्यहाँको प्रहरीले नेपाली समुदायका नेताहरुसँगको अनौपचारिक कुराकानीमा भने ती युवक कतै लुकेर बसेको हुनसक्ने आशंका गरेको छ। सबैतिर सिसिटीभीको व्यवस्था भएकाले दुर्घटनामा परेको भए थाहा भइसक्नुपर्ने प्रहरीको तर्क छ।