जापानमा लिलिबिली


फिल्म ‘लिलिबिली’को जापानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ ।

जापानको टोकियोस्थित नकानो जिरो हलमा सम्पन्न प्रिमियरमा प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाही उपस्थित थिए ।

निर्माता शाहीले जापानको दर्शक प्रतिक्रियाले उत्साहित बनाएको भन्दै खुसी व्यक्त गरे । ‘सबैले राम्रो सिनेमा हेर्न पाएको भन्दै बधाई दिनु भएको छ । आगामी दिनमा पनि यस्तै सिनेमा हेर्न पाइयोस् भन्ने आशा व्यक्त गर्नु भयो ’ शाहीले भने । ‘

मिलन चाम्स निर्देशित सिनेमामा प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठको पनि अभिनय रहेको छ । फिल्म यही चैत ३० गतेबाट प्रर्दशनमा आउँदैछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.