माधव नेपाल सिड्नी आउँंदै


नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव कुमार नेपाल बुधबार अस्ट्रेलिया आउने भएका छन्।  प्रवासी नेपाली मन्चले सिड्नीमा आयोजना गर्ने अन्तरक्रियामा सहभागि हुन अस्ट्रेलिया आउन लागेका हुन्।

यही आउँदो अगष्ट २ तारिखमा नेपाल सिड्नी आउने र तीन दिनको अस्ट्रेलिया बसाइपछि न्युजिल्यान्ड प्रस्थान गर्ने प्रवासी नेपाली मन्च अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले बताए।

नेपालको अस्ट्रेलिया बसाइका क्रममा यहाँंका लेबर पार्टीका नेताहरुसँंग र केही लिबरल सरकारका मन्त्रीहरुसँंग समेत भेटघाटको चाजोपाँंजो मिलाइएको छ। माधब नेपाल अगष्ट चारका दिन समसामयीक विषयमा राखिएको अन्तरक्रिया कार्यक्रममा सहभागि हुनेछन्।

यस्तै माधव नेपालले अगष्ट ६ तारिखका दिन न्युजिल्यान्डमा समेत स्थानीय नेपाली समाजसँंग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको पाण्डेले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.