ग्रानभील राइनोको नयाँ वर्षः नयाँ पीडिमा फुटबल हस्तान्तरण


सिड्नीको नेपाको बाहुल्य रहेको स्थान ग्रानभिलमा, ग्रानभिल राइनोज फुटबल क्लबले मैत्रिपूर्ण खेलका साथै विविध गतिविधि आयोजना गर्दै नेपाली नयाँ वर्ष मनाएको छ।

क्लबका समर्थक, टिमका खेलाडी तथा जुनियर टीम र सिनियर टिमको समेत सहभागिता रहेको कार्यक्रममा आयोजित मैत्रिपूर्ण फुटबल खेलमा ग्रानभिल राइनोजले सिनियर टोली  ग्रानभिल सुनामीलाई हराएको थियो। कार्यक्रममा अस्ट्रेलियाका जन्मेका नेपाली मुलका नयाँ पीडिबीच पनि अभ्यास खेल खेलाइएको थियो ।

ग्रानभिल फुटबल क्लबले हरेक आइतबार जुनियर टिमको निमार्ण गरी अभ्यास समेत गर्दै आएको छ। नेपाली समुदायबिच निकै चर्चित फुटबल खेलमा पुरानै पीडिले थामेको साखलाई नया पीडिमा हस्तान्तरण गर्न सके त्यो नै क्लबको सफलता हुने क्लबका अध्यक्ष भिम बस्नेतले बताए।

कार्यक्रममा बुद्ध ट्राभलका प्रतिनिधि  दिर्घ कडेँलले क्लबका खेलाडीहरुलाई बुद्ध ट्राभल अंकीत टीसर्ट बितरण गरेका थिए। कार्यक्रममा क्लबका ब्यवस्थापक राजन गुरुङले प्रवासमा पनि खेलकुदको माध्यमवाट समुदायबीच आपसी सदभाव कायम गर्न सकिने हुनाले यसको महत्व दिनानुदिन बढ्दै गरेको बताए।

कार्यक्रममा क्लबका संस्थापक तथा एनआरएनका उपाध्यक्ष नन्द गुरुङले फुटबलको माध्यमवाट नेपाली समुदायलाई एकताको सुत्रमा बाध्ने काम भैरहेकोले ग्रानभिलले पनि लामो समयदेखि आफ्नो यात्रालाई कायमै राखेको बताए।

उनले क्लबलाई यहाँसम्म ल्याइपुर्‍याउने सबै ब्यक्ति धन्यवादका पात्र रहेको बताउँदै आगामी दिनमा यस क्लबको प्रगती र उन्नतीको कामना गरे।

कार्यक्रममा एकाका अध्यक्ष निरज श्रेष्ठ, एनआरएनका पूर्व आइसीसी सदस्य बालचन्द्र भट्टराइ लगायतले क्लबको सफलताका लागि शुभकामना ब्यक्त गरेका थिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.