साम्राज्ञी बनिन् ब्रान्ड एम्बसेडर


अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह एजुकेशन एण्ड माइग्रेसन कर्नर अस्ट्रेलियाको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छिन्। उनलाई एक वर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियुक्त गरेको हो।

सिड्नीमा मुख्य कार्यालय रहेको संस्थाका शाखा काठमाडौंको पुतलीसडक लगायत अन्य शहरहरूमा छन्। ब्राण्ड एम्बेष्डर नियुक्त भएपछि अभिनेत्री शाहले एजुकेशन क्षेत्रमा आफ्नै विशिष्ट पहिचान बनाएको संस्थासँग आबद्ध हुन पाएकोमा खुशी लागेको बताइन्।

ब्राण्ड एम्बस्डर भएपछि नायिका शाहले एजुकेशन एण्ड माइग्रेसन कर्नरको विभिन्न कार्यक्रममा सहभागिता  समेत जनाउने कम्पनीले जनाएको छ।

‘साम्राज्ञी शाह जस्तो प्रतिभाशाली अभिनेत्रीलाई आफ्नो परामर्श केन्द्रको एम्बेस्डर बनाउन पाएकोमा हामी गौरवान्वित छौँ,’ एजुकेशन एण्ड माइग्रेसन कर्नरका कार्यकारी प्रमुख सुनिल उप्रेतीले भने।

यसअघि पनि अस्ट्रेलियाको राइट एन्ड एशोसियट्सले केकी अधिकारीलाई आफ्नो ब्रान्ड एम्बेस्डर बनाएको थियो। आफ्ना शैक्षिक केन्द्रको प्रचार र प्रमोशनका लागि कलाकारलाई ब्रान्ड एम्बसेडर बनाउने प्रचलन अहिले अष्ट्रेलियामा सुरू भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.