क्यानबेरामा फुटबल महोत्सव


क्यानबेरा नेप्लीज फुटबल क्लबले आफ्ना गतिविधिलाई फराकिलो पार्दै वार्षिक कार्यक्रमको आयोजना गरेको छ। लिगका विजेता तथा सहयोगीहरुलाई सम्मान गर्दै क्लबले उत्कृष्ट खेलाडी तथा समाजिक ब्यक्तीत्वहरुलाई सम्मान पनि गरेको छ ।

अस्ट्रेलियाको राजधानी क्यानबेरामा २०१४ सालमा बिधिवत दर्ता भएको क्लबका संस्थापक अध्यक्ष डा दुर्गा दत्त कडेंल हुन्। क्लबले फुटबल मात्रै नभएर समाजका हरेक खाले गतिविधीमा हातेमालो गर्दै आएको छ। देशमा गएको बिनासकारी भूकम्पदेखि तराईको बाढीमा समेत क्लबले सहयोग गर्दै आएको छ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्न क्लबले प्रत्येक वर्ष महिलाको महान चाड तिजमा पनि कार्यक्रम गर्दै आएको छ। नेपाली दूतावासका उपनियोग प्रमुख राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्लबलाई सहयोग गर्ने संघ संस्थालाई स्पोन्सर अवार्ड र मायाको चिनोले सम्मान गरिएको थियो।

प्रमुख अतिथि पाण्डेले लिग फुटबलमा विजयी सिभिक वारियरलाई ट्रफि प्रदान गरका थिए भने क्लबका ब्यवस्थापक सुदिप क्षेत्री र क्याप्टेन रोशन केशीले ट्रफी ग्रहण गरेका थिए।

लिग गेमको उत्कृष्ट खेलाडीको ट्रफि राहुल तामाङ घोषित भए भने सर्वाधिक गालकर्ताको उपाधि मनोज गोपालीले पाए। त्यस्तै क्लवका सक्रिय सदस्य राजन अर्याल तथा नविन दाहाललाई सम्मानस्वरुप मायाको चिनो प्रदान गरेको थियो।

क्लबले सिएनएफसी टाइम अवार्डबाट नेपाली समाजका अग्रज ब्यक्तित्व डा कृष्ण हमाल र डा प्रमोद अधिकारीलाई सम्मान गरेको थियो।

क्लबका संस्थापक अध्यक्ष डा दुर्गा दत्त कडेंल र क्लबका वर्तमान अध्यक्ष चुडामणि सापकोटाले कार्यक्रममा क्लबको गतिविधिबारे प्रकाश पारेका थिए। एनआरएनका पूर्व उपाध्यक्ष यूवराज खनिया, क्लबका पदाधिकारी बाबुराम पौडेल, जीवन राना र बिनोद पौडेलले पनि क्लबको महत्वबारे आआफ्ना धारणा राखेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.