अष्ट्रेलियामा नेपाल आइडलका शीर्ष ३ गायकको प्रस्तुतिसँगै फुड फेस्टिवल


नेपाल आइडलका शिर्ष तीन गायकहरू बुद्ध लामा, निशान्त भट्टराई र प्रताप दासले अष्ट्रेलियाको मेल्बर्नमा कार्यक्रम गर्ने भएका छन्।

यी तिनसँगै गायिका प्रमिला राईले पनि कार्यक्रममा प्रस्तुती दिनेछिन्। यी कलाकारहरूलाई द ट्राभलिङ्ग ब्यान्डले साथ दिनेछ ।

स्मार्ट एक्सेस एन्टरटेन अष्ट्रेलियाको आयोजनमा यो कार्यक्रम डिसेम्बर ३ तारिकका दिन ब्याटम्यान रोयाल, कोबर्गमा हुन गईरहेको छ।

कार्यक्रममा नेपाल आइडलको प्रस्तुतीसँगै नेपाली खानाको स्वाद लिन पनि पाइनेछ। एम एन फेस्ट कार्यक्रम पनि समायोजन गरिएको उक्त कार्यक्रममा नेपाली रेष्टुरेन्टहरूले नेपाली खानाका स्टलहरू राख्ने भएका छन्।

बालबालिकाहहरूलागि मनोरञ्जनकालागि छुट्टै खेल्ने ठाउँको व्यवस्था  गरिएको आयोजक कमिटीका अाशिष केसीले जानकारी दिए।

गोर्खाज ब्रनस्विक र कोबर्ग क्याफे एण्ड रेस्टुरेन्ट कार्यक्रमका सहआयोजक हुन्। स्मार्ट एक्सेसका प्रबन्ध निर्देशक विभुषण जोशी कार्यक्रम सफल हुनेमा विस्वस्थ छन् र कार्यक्रममा नेपाली र विदेशी दुवै समुदायलाई उपस्थित हुन निमन्त्रणा पनि गर्दछन्।

कार्यक्रमको टाइटल स्पोन्सर कंडेल कन्सल्टेन्सी एडुकेसन एण्ड माइग्रेसन हो।

यसैबिच कार्यक्रमको प्रचारकालागि स्मार्ट एक्सेसले मेल्बर्नका मेट्रो रेलहरूमापनि पोस्टर टाँसेको छ। कार्यक्रम मेल्बर्न लगायत सिड्नी, क्यान्बेरा, होबर्ट, डार्विन, पर्थ र ब्रिजबेनमापनि हुँदैछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.