अमेरिकामा रेल दुर्घटना, ४२ घाइते


अमेरिकी सहर फिलाडेल्फीयामा मंगलबार रेल दुर्घटना भएको छ। दुर्घटनामा परी ४२ व्यक्ति घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर भएको यूएसए टुडेले जनाएको छ।

द्रुत गतिमा आएको उक्त रेल मध्यरात सभा बाह्र बजे दुर्घटना भएको पेन्सिलभानिया यातायात विभागकी प्रवक्ता हिथर रेडफर्नले जनाएकी छन्। उनका अनुसार उच्च गतिमा आइरहेको रेल रोकेर राखेको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो।

घाइतेमध्ये केही गम्भीर भएपनि ज्यानै जाने अवस्था भने नरहेको प्रवक्ताले जनाएकी छन्।

दुर्घटनाको कारणबारे छानविन भइरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.