युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन्।
बुधबार त्रिशूली नदीमा भएको १९ औं हिमालय राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गरिरहेको बताए।
उनले खेललाई मनोरञ्जनको रूपमा मात्रै नभएर उद्योगसँग जोड्नुपर्ने आवश्यकता रहेको औल्याए।
नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरूयोजनाको रूपमा विकास गर्नुपर्ने बताए। र्याफ्टिङलगायत अन्य जलासययुक्त खेलमा काठमाडौंबाट नजिकमा रहेका त्रिशूली, सुनकोसी र भोटेकोसीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने बताए। उनले र्याफ्टिङ जस्ता अन्य पानीमा खेल्ने खेललाई सरकारले लगानी बढाउनुपर्ने बताए।
‘त्रिशूली, सुनकोसी र भोटेकोसी नदी नेपालको राजधानीबाट नजिकमा रहेका नदी हुन्। यी नदीलाई र्याफ्टिङ जलासययुक्त खेलमा यी नदीलाई कसरी उपयोग गर्ने र आयआर्जनको कुन स्रोतको रुपमा प्रयोग गर्ने भन्ने विषयमा सरकार लाग्नेछ’, उनले भने, ‘हाम्रो प्रकृति र हाम्रो संस्कृतिलाई जोडेर देशको समृद्धिको आधार कसरी बनाउने कुरामा ध्यान जानुपर्ने र देशको गुरूयोजनाको रुपमा विकास गर्नुपर्ने आवश्यकता छ। हामीले खेललाई मनोरञ्जनको रुपमा मात्रै नभएर यो एउटा उद्योग हो। यो क्षेत्रमा लगानी बढाउनु पर्छ। र्यापटिङलाई राष्ट्रिय खेलमा समावेश गर्नेबारे राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गरेर अगाडि बढ्छौं।’
त्यस्तै, नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी निर्देशक (सिइओ) डा. धनञ्जय रेग्मीले र्याफ्टिङ खेल एक साहसिक खेल भएकाले खेलाडीको क्षमता विकास गर्दै जानुपर्ने बताए। उनले र्याफ्टिङ खेलाडीको क्षमता विकासको लागि पर्यटन बोर्ड विगतदेखि आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने प्रतिबद्धता जनाए।
त्यस्तै, मेघ आलेले त्रिशूली नदीमा कोरोना महामारीपछिको पहिलो १९ औं हिमालय राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप भएको बताए। उनले त्रिशुली नदीबाट र्याफ्टिङ मात्रै नभएर रिभर पर्यटनको सुरुवात भएको बताए।
अहिले त्रिशूली नदीमा रिभर पर्यटनको लागि अबौं लगानी भए पनि र्याफ्टिङको लागि महत्वपूर्ण स्थानमा विद्युतको लागि ड्याम बनाउने योजनाले समस्या आएको बताए। त्रिशूलीको र्याफ्टिङ क्षेत्रमा सुपर त्रिशूली हाइड्रोपावर बनाउनु उचित नभएको उनको दाबी छ।
त्यस्तै र्याफ्टिङ खेलाडी हरि आलेले त्रिशूली नदीको संरक्षण नभएर नदीलाई दूषित बनाउने काम भएले र्याफ्टिङ गर्ने वातावरण नभएको बताए। उनले त्रिशूलीको र्याफ्टिङ गर्ने महत्वपूर्ण क्षेत्रमा विद्युतीय ड्याम बनाउने भएकाले ड्याम बनेसँगै नदी र र्याफ्टिङ खेलाडीको भविष्य नै समाप्त हुने बताए।
खेलाडी आलेले त्रिशूलीमा कुनै पनि हालतमा विद्युतीय ड्याम बन्न नहुने बताए। उनले यदि ड्याम बन्यो भने र्याफ्टिङ नै बन्द हुने दाबी गरे।
![](https://www.setopati.com/uploads/editor/2021-03-25/rafting%20(3).jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/rafting%20(4).jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/rafting%20(5).jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/rafting%20(7).jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/rafting%20(8).jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/rafting%20(9).jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/rafting%20%2810%29.jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/rafting%20%2811%29.jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/rafting%20%2812%29.jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/rapti%20nadi%20ma%20codiyeka%20gharial%20goiharu.jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/raw.01_34_58_11.Still063.jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/raw.01_39_32_15.Still062.jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/raw.01_39_43_02.Still061.jpg)
![](https://www.setopati.com/uploads/editor/2021-03-25/raw.01_40_01_07.Still060.jpg)