हाइकिङमार्फत स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्दै आएको अग्रणी संस्था प्रकृतिप्रेमी समूहले धुलिखेलको ‘इको ट्रेल’ प्रवर्द्धन गर्ने भएको छ। उसले यही चैत २८ गते शनिबार त्यहाँ हाइकिङ गराउँदैछ।
आफ्नो मासिक हाइकिङ अभियानको १५८ औं शृंखलामा धुलिखेल क्षेत्रमा पदयात्रा गराउन लागिएको समूहकी कोषाध्यक्ष एवं ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जनले सेतोपाटीलाई बताइन्।
उनकाअनुसार धुलिखेलको पिपल चौतारी (१५५० मिटर)बाट पदयात्रा सुरु गरेर गौखुरेश्वर महादेव, हवेलीडाँडाबाट जंगलको बाटो हुदै दक्षिणकाली मन्दिर, राजकुलो, इटेकुवा, कालीछहरा भएर लाँकुरीडाँडा र त्यहाँबाट भाटगाउँ, वीर बलभद्र पार्क हुँदै काभ्रेकोट (१७२० मिटर) पुगिनेछ। काभ्रेकोटमा देविको मन्दिर छ । त्यहाँबाट द्वारिका होटल, भट्टेडाँडा, तमाङ बस्ती होमेनडाडाँको गुम्बा, न्यौपानेगाउँ, चाक्लाहिटी भएर पुनः गौखुरेश्वर महादेवसम्म ११ किमि पदयात्रा गरिनेछ।
पदमार्गको हवेलीडाँडाबाट ‘इको टे«ल’ सुरु हुनेछ भने दक्षिणकाली मन्दिरबाट उहिले धुलिखेलमा पानी ल्याएको राजकुलो । नेपाल एकीकरणका बेला राजा पृथ्वीनारायण शाहको समूह यही बाटो हिँडेको र ठाउँ ठाउँमा कोट बनाई एकिकरण गरेको इतिहास छ । काभ्रेकोटमा राजा पृथ्वीनारायणको सालिक बनाइएको छ भने बलभद्रपार्कमा वीर बलभद्रको।
शितल, शान्त र ऐतिहासिक गौरवगाथाले भरिपूर्ण पदमार्ग भएकाले पदयात्रीले रोमाञ्चक अनुभूति सँगाल्नुका साथै धेरै कुराको जानकारी लिन पाउनेछन्। साथै गौखुरेश्वर, दक्षिणकाली र देवीस्थान जस्ता धार्मिक सम्पदामा पुग्दा आध्यात्मिक भावना बढ्नेछ। पदयात्रा मार्गमा प्राकृतिक फलहरः किम्बु, ऐंसेलु लगाएत काफल चाख्दै हिड्न सकिन्छ भने लालिगुराँस पनि।
पदमार्ग क्षेत्रका भट्टेडाँडा, धुलिखेलमा सुविधायुक्त होटल, रिसोर्ट र रेष्टुँरा छन्। समूहको पदयात्रामा भने जंकफुड, फास्टफुड र मदिरा निषेध छ। उसले हाइकर्सलाई स्वास्थ्यबर्धक खाना र खाजा खुवाउँछ। त्यसैले पदयात्रामा सहभागी हुन समूहको फोन नं ५५४१९९१ मा सम्पर्क गर्न सकिनेछ।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ मुल मन्त्र बोकेर प्राकृतिक स्वास्थ्यमा जोड दिँदै आएको समूहले विसं २०६३ देखि हरेक महिनाको चौंथो शनिबार हाइकिङ अभियान चलाउँदै आएको छ। उसले यही चैत देखि हरेक महिनाको दोस्रो शनिबार पनि हाइकिङ गराउन थालेको छ। समूहको दोस्रो शनिबारको पदयात्रा २०७८ बैशाख ११ गते हुनेछ ।
![](https://www.setopati.com/uploads/editor/sujita%20file/ghumfir%20photo/dulikhel/4.jpg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/ghumfir%20photo/dulikhel/IMG_20210406_175034.jpg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/ghumfir%20photo/dulikhel/IMG20210406110051.jpg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/ghumfir%20photo/dulikhel/IMG20210406110906.jpg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/ghumfir%20photo/dulikhel/IMG20210406111231.jpg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/ghumfir%20photo/dulikhel/IMG20210406120001.jpg)
यसरी ११ किमि पदयात्रा हुनेछ। पदमार्गको हवेलीडाँडाबाट ‘इको ट्रेल’ सुरू हुनेछ भने दक्षिणकाली मन्दिरबाट राजकुलो। नेपाल एकीकरणका बेला राजा पृथ्वीनारायण शाहको समूह हिँडेको बाटोमा पनि पदयात्रा गरिनेछ। काभ्रेकोटमा राजा पृथ्वीनारायणको सालिक बनाइएको छ भने बलभद्रपार्कमा वीर बलभद्रको।
शितल, शान्त र ऐतिहासिक गौरवगाथाले भरिपूर्ण पदमार्ग भएकाले पदयात्रीले रोमाञ्चक अनुभूति सँगाल्नुका साथै धेरै कुराको जानकारी लिन पाउनेछन्। साथै गौखुरेश्वर, दक्षिणकाली र देवीस्थान जस्ता धार्मिक सम्पदामा पुग्दा आध्यात्मिक भावना बढ्नेछ।
पदमार्ग क्षेत्रका भट्टेडाँडा र धुलिखेलमा सुविधायुक्त होटल, रिसोर्ट र रेष्टुँरा छन्। समूहको पदयात्रामा भने जंकफुड, फास्टफुड र मदिरा निषेध छ। उसले हाइकर्सलाई स्वास्थ्यबर्धक खाना र खाजा खुवाउँछ। त्यसैले पदयात्रामा सहभागी हुन समूहको फोन नं ५५४१९९१ मा सम्पर्क गर्न सकिनेछ।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ मुल मन्त्र बोकेर प्राकृतिक स्वास्थ्यमा जोड दिँदै आएको समूहले विसं २०६३ देखि हरेक महिनाको चौंथो शनिबार हाइकिङ अभियान चलाउँदै आएको छ। उसले यही चैत देखि हरेक महिनाको दोस्रो शनिबार पनि हाइकिङ गराउन थालेको छ।