नेपालमा स्वास्थ्यवर्धक हाइकिङ गराउँदै आएको अग्रणी संस्था ‘प्रकृतिप्रेमी समूह’ ले चैत १४ गते शनिबार एउटा सुन्दर रुटमा पदयात्रीलाई डुलाएको छ।
उसले सूर्यविनायक नगरपालिका, भक्तपुरको विरूवा बसपार्कबाट विन्ध्यवासिनी मन्दिर, अनन्तलिंग डाँडा, अनन्तलिंगेश्वर हुँदै गुण्डुको पाथीभरा मन्दिर भएर पाइलटबाबा आश्रम, घ्याम्पेडाँडाहुँदै डोलेश्वर महादेवसम्म पदयात्रा गराएको हो।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/Hiking%20BKT/Doleshwor.JPG)
चराको चिरविर सुन्दै, जंगल बीचको गोरेटामा लामबद्ध भएर पदयात्री हिँडेका थिए। यात्रामा मन्दिरैमन्दिरको दर्शनले पदयात्रीमा आध्यात्मिक भावना बढाएको देखिन्थ्यो।
समूहकी कोषाध्यक्ष एवं ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जनको नेतृत्वमा हाइकिङ गरिएको हो। ‘हामीले करिब १२ किलोमिटर पदयात्रा गर्यौं’, जनस्वास्थ्यविद् समेत रहेकी महर्जनले भनिन्’,‘हाइकिङका लागि यो रुट एकदमै उपयुक्त छ।’
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/Hiking%20BKT/DSC_8282.JPG)
हाइकर्सहरूले पाइलट बाबा आश्रम छेउको खुला ठाउँमा खाजा खाएका थिए। त्यहाँ केहीबेर स्वास्थ्य सम्बन्धी अन्तरक्रिया गरियो। कार्यक्रममा हाइकर्सहरूले हाइकिङबाट ऊर्जा बढेको अनुभव सुनाएका थिए।
आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकेर स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्दै आएको समूहले नयाँ हाइकिङ अभियान अन्तगर्त यही चैतदेखि महिनाको दोस्रो शनिबार पनि हाइकिङ गराउन थालेको हो। उसले हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/Hiking%20BKT/Hiking%20(1).JPG)
विसं २०६३ साल चैतदेखि नियमित मासिक हाइकिङ अभियान चलाउँदै आएको समूहले गत फागुनमा १५७ औं हाइकिङ काभ्रेको पनौतीदेखि कुशादेवी क्षेत्रमा गराएको थियो। उसले बेलाबेलामा बहुदिने पदयात्रा पनि गराउँछ।
समूहको हाइकिङमा जंकफुड, फाष्टफुड र मदिरा निषेध गरिन्छ। हाइकर्सलाई स्वास्थ्यबर्धक खाना खान प्रोत्साहित गरिनेछ। अब चैतको चौंथो शनिबार नयाँ रुटमा हाइकिङ हुनेछ।
समूहको फोन नं ५५४१९९१ मा सम्पर्क गरेर हाइकिङ गर्न सकिनेछ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/Hiking%20BKT/Anantalingeswor.JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/Hiking%20BKT/Hiking%20(2).JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/Hiking%20BKT/Hiking%20(3).JPG)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/Hiking%20BKT/Hiking%20(4).JPG)