एक वर्ष अगाडिको हाम्रो योजना सफलताको नजिक पुग्न खोज्दै थियो। फोटोमा देखेको संसारकै उचाईमा अवस्थित तिलिचो तालमा आँखाले पौडी खेल्ने क्षणको कल्पनामा थियौं हामी। हामी सबेरै काठमाडौंको गोंगबु बस पार्क पुग्यौं। बडा दसैंको टिकाको भोलिपल्ट भएकाले होला हामी बसपार्क पुग्दा त्यहाँ बेशिसहर जाने गाडी थिएन।
बसपार्कमा मान्छेको भिड देखेर त्यहाँका मान्छेहरुले बस बोलाइदिए। एउटा बसमा अटाउने कुरै भएन, हामी शसंकित भयौं। त्यसपछि आफैंले समूह बनाएर बस रिजर्भ गर्नु पर्ने हल्ला चल्यो। सबैजना ग्रुप बनाउन लागे। ५०० रुपैंयाँ भाडा लाग्ने ठाउँमा ८०० तिरेर जान सबै तयार भए। तिलिचो तालप्रति आन्तरिक पर्यटकको मोह देखेर हामी झन उत्साहित बन्यौं।
बिहान ७ बजे गोंगबुबाट गुडेको बस दिउसो ३ बजे तिर बेसिहर पुग्यौं। भोलिका लागि जिप रिजर्भ गरेर त्यो दिन त्यहीँ बस्ने योजना बनायौं हामीले। १५ हजार रुपैयाँमा गुड्ने बोलेरोले सिजन लागेको भन्दै हामीसँग २३ हजार रुपैयाँ असुल्यो। हामीले ठगिएको अनुभूति ग¥यौं।
मनाङतिरको यात्रा
बिहान ७ बजे ड्राइभर हाम्रो होटलमा गाडी सहित आए। अब हाम्रो मनाङको यात्रा शुरु भयो। सिट जम्मा, ५ जना भित्र र दुई जना चाहि बाहिर सामान राख्ने ठाउँमा बस्न परेको थियो। म चाहिँ अलिक अफ्ठेरो भएपनि पछाडि बस्ने पक्षमै थिए किनभने म प्रकृति प्रेमि थिएँ।
एकछिन पछि सुरु«ङ मार्ग आयो ४०० मिटरको। त्यो ठाउँ हामीलाई एकदम नयाँ लाग्यो र त्यहाँबाट फोटो खिच्न क्यामेरालाई भ्याईनभ्याई भयो।
हामीले देखेको अर्को हिमाल थियो मनास्लु। यात्रामै देखियो हामीले स्वर्गद्वारी हिमाल पनि। त्यो दिन मौसफ सफा नभएकाले हिमाल राम्रोसँग खुलेका थिएनन्। पछाडि बसेर त्यत्रो यात्रा गरेको दुःख मात्र भयो।
बेलुका ५ बजेतिर मनाङ पुगियो सबैजसो होटल प्याक थिए। धेरै खोजि गरेपछि एउटा होटल पाइयो। त्यहाँको चिसो छल्न बेलुका भ्mवाँइखट्टे दन्काइयो। बेशिहरदेखिकोे भिड सम्झेर तिलिचो बेस क्याम्पमा बस्ने समस्या हुन्छ कि भनेर हामीले होटल बुकिङ गर्न खोज्यौं। तर, बुकिङ नहुने रहेछ।
बिहान उठ्ने बित्तिकै पर्दा खोलेर बाहिर हेरें। अहो आँखै अगाडि गंगापूर्ण हिमाल पो। हतार हतार फोटो खिच्न छततिर जान हिँडेको छत भन्दा मुनि डाइनिङ थियो र त्यो बन्द थियो। ढोका खोल्न त्यत्रो ढक्ढक् गरें तर कोही आएनन्। छटपटि भइसकेको थियो। एकैछिनमा बादल लाग्ने डर थियो। धन्न २० मिनेट पछि मात्र मान्छे उठ्यो र, बल्ल ढोका खुल्यो।
ढोकालाई जबरजस्ती बेस्सरी धकेल्नु पर्ने रहेछ, थाहै भएन। साहुले धकेलेपछि पो खुल्यो।
ब्रेकफास्ट पछि हाम्रो पदयात्रा सुरु भयो। हामी ( सुजन, सरोज, सनम, रवी, अस्मिता आशना र म ) सबैको अनुहारमा चमक थियो। उत्साहको दियो धपक्कै बलेको थियो।
मनाङबाट नै तिलिचो पुग्ने बाटो देखिन्थ्यो, साथीहरुलाई ऊ त्यही उकालो हो। त्यो कटेपछि तिलिचो पुगिन्छ। साथीहरुलाई म बरोबर उत्साहित बनाइरहन्थें, ‘तिलिचो टे«क फिजिकल च्यालेन्ज होइन, मेन्टर च्यालेन्ज हो।’
हेल्लो बेसक्याम्प
हामीले अढाई घन्टा हिँडेर खाङ्सार पुगेपछि खाना खायौं। गाडी त्यहीँसम्म पुग्थ्यो तर हामी थोरुङ्ला जाने भएकाले फर्किदा सिरिखर्कबाट छुटेर जानु पर्ने थियो। मनाङ भएर नफर्कने भएकाले हामीले एक रात मनाङमै बिताएका थियौं।
त्यहाँ चलेको हावा र चिसो देखेर नै हामी सबैले माइन्ड मा सेटअप गरिसकेका थियौं तिलिचो यात्रा त्यति सहज र सजिलो हुने छैन। २ घण्टा ठाडो उकालो चढेपछि सिरिखर्क पुग्यौं। भोली फर्केर थोरुङला जाने योजना भएकाले होटलमा के छ भनेर बुझेर हेर्दा भोलिको लागि सबैजसो प्याक भइसक्यो कोठा चाहिन्छ भने बुक गरेर जानु भनेपछि हामीले त्यहि दिन बुक ग¥यौं।
दिउसोको साँढे २ बजेको थियो। त्यसपछि ल्यान्ड स्लाईड एरिया सुरु भयो। तिलिचो यात्रा आउनु अघि हेरेको भिडियोमा देखेका थियौं त्यो ठाउँ। एकदमै डरलाग्दो ! माथि हेरे भिर र तल हेरे खोला। बीचमा काटेर ट्रेल बनाएको रहेछ। माथिबाट ढुंगा खस्ने भन्ने डर र तल हेरे खोलामा खस्ने डर। माथिबाट एउटा ढुंगा खसेर साथीलाई प¥यो, धन्न ब्यागमा परेको भएर टाउकोमा बजारेको भए के हुन्थ्यो होला ! भाग्यलाई धन्यबाद दिँदै हतारहतार त्यो बाटो सकेसम्म चाँडो हिँड्यौ।
थकानको महसुसै भएन, सायद डरले होला जति हिँडे पनि नकसेको जस्तो त्यो बाटो। म्याप सम्बन्धी काम गर्ने भएकाले बाटो जिपिएसमा हेर्ने जिम्मा मेरो थियो। सबैले मलाई अझ कति छ यो बाटो भनेर ५ मिनेटको अन्तरालमै सोध्न थाले। मैले चाहि एकछिन एकछिन भन्दै उनीहरुलाई आश्वासन दिइ राखें। पछि त उनीहरु म सँगै कराउन थाले। मैले सोचें–यो डरलाग्दो बाटो मैले बनाएको हो र !
त्यो माइन्ड च्यालेन्जको पहिलो चरण थियो। डेढ घण्टाको त्यो ल्यान्ड स्लाइड बाटो हामीलाई १५ घण्टा सरह भएको थियो। ४ बजे हामी तिलिचो बेस क्याम्पमा पुग्यौं। मान्छेहरुको लस्कर र सबैजना एक पछि अर्कोलाई पछि पार्दै होटलको खोजिमा थिए। त्यहाँ जम्मा तीन वटा होटल छन्। मान्छेको लस्कर देखेपछि कोठा नपाउने त हामी पक्का नै भइसकेको थियो। तैपनि माइन्ड सेटअप अनुसार हामी डाइनिङमा सुत्न तयारै थियौं। डाइनिङका लागि भए पनि मिलाउनु प¥यो भनेर ७ जना तीन ग्रुपमा विभाजन भएर तीनवटै होटलमा गयौं।
त्यहाँको होटलको साहुसम्म पुग्नलाई नै कुस्ती गरेर अगाडि जानु प¥यो। डाइनिङ पनि खालि छैन भनेर भनेपछि एकछिन त म कहाँ आइपुगे जस्तो भयो। के यहि हो त्यो स्वर्ग जहा हामी मरिहत्ते गरेर आइपुग्छौं ?
मैले आएको मान्छेको व्यवस्थापन गर्ने जिम्मा तपाईहरुको हुन्छ भने पछि एक छिन त्यहाँ विवाद प¥यो। तर विवाद गरेर समस्याको हल नहुने भएकाले साथीहरुको अर्को ग्रुप भएको ठाउँमा गएँ। सबै होटलमा डाइनिङ पनि प्याक भइसकेको रहेछ। अब के गर्ने, हामी आत्तियौं।
नौ घण्टा लामो पैदलयात्रा गरेर आएपछि थकान मेटाउन त कता हो कता बोकेकोे ब्याग भन्दा भारी त दिमाग पो भयो। त्यसपछि एउटा होटलमा बिन्ती भाउ चढाएर डाईनिङका लागि भए पनि बुकिङ गरियो।
डाइनिङमा विदेशी तास खेलेर लन्चमा मस्त थिए। डाइनिङ पुरै भरिएको थियो, बस्न ठाउँ थिएन। बाहिर पनि सा¥है चिसो थियो। कति थाकेर आएको मान्छेहरु भनेर कसैले बुझिदिएर एकछिन बस्न दिए कस्तो हुन्थ्यो भन्ने लाग्यो।
हामी कहाँ बसौ भनेर सोध्दा बाहिर एउटा टेन्टमा गएर बस्नु भन्नुभयो। टेन्ट भएनि ठिकै भयो, आराम गर्न त पाइयो। टेन्ट भित्र मान्छेहरुको हालत शरणार्थीको भन्दा कम थिएन। खचाखच मान्छेहरुले भरिएको टेन्टमा हामी पनि ठाउँ मिलाएर भारी बिसायौं। र, झोलाबाट झिकेर स्न्याक्स खान थाल्यौं।
मान्छेहरु आउने क्रम रोकिएन। तिलिचोमा मेला भर्न मानवसागर उर्लिरहेको जस्तो लाग्यो। धर्मशालामा पनि मानिस ठाउँ मिलाउन थाले। जसरी भए पनि रात कटाउनु थियो।
थकानले गर्दा टेन्टमा बस्दा आलश्य हुन्छ भनेर तीन जना बाहिर निस्क्यौं। सा¥है चिसो थियो। हामीले एउटा सानो चिया पसलमा गएर जाडोको औषधि खायौं। अनि रनक्क तात्यौं।
यसो आकाशतिर हेरेको त तारा चम्किला देखिए। काठमाडौंको प्रदुषणमा यस्तो झलमल तारा कहाँ हेर्न पाईन्छ र ? आकाशमा लामपुच्र्छे तारा पनि देखें। हिमाल माथितिरबाट आएर पछाडि गएको त्यो पल एकदम मीठो भयो।
खानाको लागि एकचोटि सोध्न जानु प¥यो भनेर जाँदा डाइनिङको हालत देखेर अचम्म। मान्छेहरु पाइला टेक्ने ठाउँसम्म थिएन। खानाको लागि तँछाड मछाड थियो। खाना सकाएका मानिस त्यहीँ बस्न थालिसकेका थिए टेबल उठाएर। हामीले खाना सोध्यौं ओभरप्mलोका कारण म्यानेज गर्नै सकिरहेको छैन भनेपछि हामी टेण्टतिर लाग्यौं।
टेन्टमा पुग्दा माहोल अर्कै भइसकेको थियो। अघि भन्दा मान्छे थपिसकेका। धन्न जसो तसो ४ जना लाई पल्टिने ठाउँ पाइयो। साथीकी बुढी चाहि रिसाइरहेकी थिइन्, उनलाई छाडेर बुढो बाहिर गइराखेको भएर होला ! यति सानो कुरामा रिसाउन हुन्न भनेर सम्झायौं। भित्रै बसिराख्यो भने आलश्यता हुन्छ अनि पछि अल्छि भएपछि केहि गर्ने मन हुँदैन।
टेन्ट भित्र अरु मान्छेका कुरा सुनेर उनीहरुको माइन्ड डिष्ट्रब भइसकेको रहेछ। टेन्टमा बस्दा बिरामी भएको, लेक लागेको, बिरामी भएको र थोरुङलामा पनि यस्तै भीड हुन्छ भन्ने कुरा गरेका रहेछन् तिनले। उनीहरु त ‘भोलि तिलिचो नै नचढ्ने र थोरङ्ला पनि नजाने पो भन्न थाले। उनीहरुको मान्ड च्यालेन्जसँग लगभग हार मानिसकेको थियो।
त्यसपछि मैले साथीहरुलाई तिलिचो आउनु अघि भनेका कुरा सम्झाएँ। मैले भनेको थिएँ–डाइनिङमा भए पनि सुत्नु पर्ने हुन्छ र अरुसँग एडजस्ट गरेर बस्नु पर्ने हुन्छ। यात्रा कठिन छैन यही हो मान्डलाई च्यालेन्ज गर्ने फ्याक्टहरु।
१ घण्टा बितिसकेको थियो खाना खान किन नबोलाको होला भनेर हेर्न जाँदा त्यहाँ सबैजसो टेबल उठाएर मान्छेहरु बस्न थालिसकेको थियो। दुइ तीनवटा टेबुलमा खाना खाँदै थिए। खान बाँकीहरुको भीड बाँकी नै थियो।
होटलकी साहुनीले सबैजना बाहिर जानु पहिला खानु पर्ने मान्छेहरुलाई नि खाना ख्वाउनु भनेर भनिन्। नेपालीको जात देखाइदिहाल्यो, कोहि पनि उठेनन्। एकछिन स्थिति तनावग्रस्त भयो। टेबुलमा खाना खान सके पनि मानिस उठेनन्। उठेपछि फेरि ठाउँ नपाइएला भनेर।
एउटा टेबुलमा गएर दाइहरुको सकेको भए उठिदिनु हामीलाई पनि खानु छ भन्दा खाना थप्नलाई कुरिरहेको भने। त्यसपछि साथी कराई हाले उनीहरु सँग–साला हामी यहाँ केही खाको छैन तिमीहरुलाई यस्तो भिडमा थप्न ल्याउँछ’ भनेर। त्यसपछि साथीलाई नकराउन सम्झाएँ किनकि हामी यहाँ घरदेखि टाढा झगडा गर्न आएका होइनौं। होइन कसरी हुन्छ म्यानेज गरौं भनेर।
बास बस्नै सकस
त्यहाँको माहोल देखेपछि थाहा भइसकेको थियो कि अब डाइनिङमा सुत्ने त के बस्ने पनि ठाउँ हुँदैन भनेर। खाना खाएर आनन्दले सुतौंला भनेको अब त्यो नहुने भयो त्यसपछि त साला भोक पनि हरायो।
त्यसपछि २ वटा जोडी टेन्टमा गएर सुत्ने भनेर पैmसला ग¥यौं। बाँकी हामी तीन जना जसरी भएपनि म्यानेज गरौंला, खाना कुरेर नहुने भयो ब्यागमा भएको खाएर सुतौं भन्यौं भोलि नसके पर्सि भएपनि तिलिचो चढौंला।
त्यो क्षण जस्तो गाह्रो हामीलाई केहि थिएन। साथीलाई हामी छोडेर जान पनि गाह्रो किनकि हामीले ठाउँ नपाउने पक्का भैसकेको थियो र बुढी टेन्टमा छोड्ने कुरा पनि थिएन।
त्यो दिन त्यहाँको क्षमता भन्दा तीन गुना बढी मासिन आएका रहेछन्। त्यसैले गाँस, बास र कपास तीनवटै सुविधाबाट सबैजना टाढा थिएँ। खानका लागि खाना पनि थिएन, पिउनका लागि तातो पानी पनि दिन सकिरहेको थिएन। बस्नलाई ठाउँ दिन सकिरहेको थिएन। त्यो बेला मलाई साँच्चै स्वर्गमा बसेर नर्कको अनुभूति भइरहेको थियो।
एकछिन पछि हामीलाई खाना खान बोलाए। खान त मन थिएन तर खाली पेट सुत्यो भने भोलि बिरामी भइएला भनेर खान गएँ। डाइनिङमा मान्छेहरु प्याक थिए। सुत्न त के बस्न लाई पनि ठाउँ थिएन। खाना लिएर किचेनमै खाएँ। दाल त पुरै पानी जस्तो, तरकारी एक दुई टुक्रा र खाना। होटलले पनि जसो तसो सबैलाई पु¥याउनै प¥यो। उनीहरुलाई पनि धेरै गाह्रो भइरहेको थियो म्यानेज गर्न। ४ ५ गाँस खाएर सबै खाना प्mयाँके।
एकछिन बाहिर बसेर सोचें अब के गर्ने भनेर, भित्र खुट्टा हाल्ने ठाउँ थिएन तर पनि हामी तीन जना अरु मान्छेसँग जसोतसो खप्तेर बस्यौं। १० मिनेट बस्दा गा¥हो भैसकेको थियो।
अब म्याट्रेस र सिरानी डिस्ट्रिव्यूसन गर्ने समय भयो। डाइनिङको भुइँमा म्याटे«स ओछ्यादिन्छु सबैजना उठ्नु भन्दा पनि कोहि उठेन् मानेनन्। कोही कोही उठे र अधिकांश मान्छ रु उठेनन्। यसरी बसेर रात कट्दैन भनेर अर्को विकल्पका लागि बाहिर निस्क्यौं।
बाहिर ब्ल्यांकेट दिन होटलका मान्छे म्यानेज गरिरहेका थिए। बाहिर बसेर हामी योजना बनाउँदै थियौं। त्यहाँबाट ब्ल्यांकेट लिएर घरको छाना मुनि सुत्ने भनेर। त्यसपछि साथीले ब्ल्यांकेट माग्न गयो। उनीहरु दिने पक्षमा थिएनन् यसरी व्यक्तिगत। साथीले विन्ती भाउ गरेर जसो तसो लिएर आयो।
तीन जना भएकाले एउटा ब्ल्यांकेटले पुग्दैन थियो। त्यसैले अब माग्ने पालो मेरो थियो। उनीहरुले दिने त कुरै गरेनन्। ‘दाईभित्र पनि ठाउँ छैन बरु हामी बाहिर जसोतसो बसौंला प्लिज एउटा ब्ल्यांकेट दिनुस न !’ धेरै माया लाग्ने अनुहार बनाएर मागेपछि भित्रबाट ब्ल्यांकेट फालेर ‘ला लिएर भागिहाल यहाँ अगाडि अरुलाई देखाएर नबस’ भनेर दियो।
एउटा माग्नेलाई दिँदा उसको खुशी कस्तो हुन्छ भन्ने मलाई त्यो क्षण महसुश भयो। घरमा आप्mनो ओछ्यान छोडि यति टाढा आएर माग्नु पर्दा आँखा निकै रसाएका थिए। तर ब्ल्यांकेट पाएको खुसी फेरी अर्कै थियो।
ब्ल्यांकेट लिएर ठूलो लडाइँ जिते जस्तो गरि साथीहरुकहाँ पुग्यौं। ती दुई ब्ल्यांकेट तीन जनाले ओढेर रात बिताउन बस्यौं। एउटा मान्छे आएर ‘तपाईहरु यस्तो चिसोमा रात बिताउन सक्नुहुन्न हामीले धर्मशालामा आगो बालेका छौं तपाईहरु पनि त्यहीँ आउनु मिलाएर बसौंला’ भन्यो। पहिला म गएर ठाउँ हेरेर आउने भन्ने कुरा भयो त्यसपछि त्यो मान्छेसँग गएर ठाउँ हेर्न गए।
अहो भित्र छिर्ने बित्तिकै धुवाँ, आखाँ खोल्न पनि नसकिने अनि त्यस्तो फोहोर ठाउँ, त्यस्तै ठाउँमा उनीहरुको ग्रुप आगो बालेर बसीरहेको थियो। तीन जना बस्न मिल्ने ठाउँ बनाइदियो। मैले सोचे बाहिर चिसोमा बस्ने भन्दा यहा कोठा भित्रै ठिक होला। गएर साथीहरुलाई ‘मलाई त ठिकै लाग्यो बाहिर भन्दा भित्रै जाउँ’ भनेर त्यहाँ बाट उठेर धर्मशालातिर लागे।
धुवाँ र फोहर देख्नेवित्तिकै साथीहरुलाई कसो गर्ने जस्तो भयो तैपनि माइन्स डिग्रीको चिसोमा बस्नु भन्दा यहाँ ठिक हुन्छ भनेर सम्झाए। त्यहाँ बस्ने मान्छेहरुले ब्ल्यांकेट सियरिङ गरौ भनेपछि साथीले त्यत्रो मिहिनेत गरेर मागेर ल्याएको ब्ल्यांकेट पनि सियेरिङ गर्छ र ! बरु यहाँ बस्दै नबस्ने भनेर हामी फेरी निस्कियौं।
धर्मशाला अगाडि सानो चिया पसल थियो जहाँ हामीले जाडोको औषधि खाएको थियौं। त्यहाँ गएर एकचोटि वास मागैं न भनेर हामी गयौं। ठाउँ सानो थियो एक ग्रुपले त्यहाँ पनि आएर वास बस्न कुरा मिलाइ सकेको रहेछ। हामीलाई ‘ठाउँ छैन मिल्दैन’ भने। त्यसपछि हामी एउटा सानो कुनामा भएपनि बसौला भनेर विनम्र अनुरोध ग¥यौं। उनीहरु मान्ने पक्षमा थिएनन्। घरि हुन्छ भन्थे घरी घरि अर्को मान्छे आउँथ्यो उनीहरुको भाषामा कुरा गरेर फेरि हुँदैन भन्थ्यो।
एक रात कटाउन त्यति धेरै संघर्ष गरेको त्यो मेरो जीवनको पहिलो पटक थियो। त्यतिकैमा एउटा त्यहिँको मान्छे आएर हाम्रो दुःख बुझने प्रयास ग¥यो। उसले एक्यापले होटल खोल्न स्विकृति नदिएको भन्दै कुरा गरिरहेको थियो। त्यतिकैमा मैले पनि थपिहाले एक्यापसँग मेरो अप्रत्यक्ष सम्बन्ध छ। मैले सानो परिचय दिएँ। तपाईहरुको म्यासेज म प्mलो गरिदिन सक्छु। यहाँको पर्यटकले भोगेका दुःखका कुरा म एक्यापसँग पु¥याइदिन्छु भनेर भनें।
पर्यटकहरुको यस्तो अवस्थाले त तिलिचोको बारेमा राम्रो म्यासेज त जाँदैन दाइ। तपाईहरुले जसरी हुन्छ सबैलाई बस्न व्यवस्था गरिदिनु पर्छ। गर्न पनि गरेकै रहेछ, घोडाहरुको चकटीसम्म पनि सबै धर्मशालामा बस्नेहरुलाई दिइसकेको रहेछ।
क्षमता भन्दा बढी मान्छे आएमा तल खाङसारमै रोक्नु पर्छ तपाईहरुले। खाङसारबाट कति पर्यटक तिलिचोका उक्ले भन्ने रेकर्ड राख्नु पथ्र्यो भनें। त्यस अनुसार क्षमता भन्दा बढी भए तलै रोक्नु पर्छ। यस्तै यस्तै व्यवस्थापनका कुरा ग¥यौं।
त्यसपछि तपाईहरु कति जना हुनुहुन्छ भनेर सोध्नुभयो। मैले जवाफ दिएँ– ३ जना।
‘ल म सँग आउनुस म तपाईहरुलाई एउटा टेन्टमा लान्छु।’ अहो हामीलाई त भगवानले वोलेको जस्तो भयो। त्यस्तै कचाककुच्चुक मानिसले भरेको टेन्ट होला भनेर साथीहरुले पहिला मलाई हेरेर आउन भने। फेरि चिया पसलबाट निस्कीयो भने भित्र आउन नदिने हो कि भनेर। म गएर टेन्टतिर गएँ। यसो बुझदा त्यो रिजर्भ टेन्ट जस्तो लाग्यो। त्यसैले त्यत्रो ठूलो टेन्ट भित्र हामी जम्मा ५ जना थियो। त्यो दाईले उनीहरुलाई भनेर हामीहरु ३ जनालाई पनि त्यहाँ राख्न आग्रह गर्नुभयो। उनीहरुसँग ओड्ने, ओछ्याउने र सिरानी नभएको कुरा जानकारी गराए।
हामीसँग दुइटा ब्ल्यांकेट थियो त्यसलाई नै एउटा ओछ्याएर अर्को ओढेर सुतौला भनेपछि उनीहरु पनि माने। त्यपछि खुशी भएर साथीहरुलाई बोलाएँ। त्यत्रो संघर्ष पछि अन्तिममा राम्रो ठाउँ पाएर त्यो दाईलाई हृदयदेखि नै धन्यबाद दिएँ। बस्ने ठाउँ पनि उहाँहरुले नै मिलाइदिए। एउटा अर्को ओढ्ने पनि दिए।
त्यसपछि किचनमा पानी माग्न जाँदा जे देखें त्यो यति दयनिय थियो कि मान्छेहरु त कुखुरो गाडिमा राखेर ल्याएको जस्तो गरि डाइनिङमा बसिरहेका। किचेनमा पनि त्यतिकै भिड थियो कोहि भुँइमा बसिरहेका थिए। कोहि कुर्सिमा बसेर रात बिताईरहेका।
कठै विजोग भन्दै टेन्टतिर लागे र आप्mनो ब्यागलाई सिरानी राखेर सुतें। आँखा चिम्लन पनि पहिला त डराई राखेको थिएँ फेरि चिसोले विहानी नदेख्ने हो कि भनेर। यस्तै सोच्दा सोच्दै निन्द्रा देविले बोलाइन्।
आँखा खोल्ने बित्तिकै हतारहतार मोबाइल तानेर समय हेरें। बिहानको ४ बजिसकेको रहेछ। साथीहरुलाई उठाएँ र तिलिचोताल जान तयार भएँ। अरु चार जना साथी बिहान तालमा नजाने भन्दैथिए। एकचोटी सोधें।
अर्को टेन्टमा सुतेका साथी पनि तयार भभए। साह्रै खुशी लाग्यो। हिजो थकानले होला झन्डै मान्ड च्यालेन्जसँग हारिसकेकाहरु आज तम्तयार भए।
गुडमर्निङ तिलिचो
बिहान उठ्दा चर्पिमा पानी थिएन सबै पानी जमेको। मुख धुनलाई सम्म पनि पानी थिएन। अब के गर्ने, खोलामा गयौं। खोला मुख धुन पानी हातले निकालेको त ढुंगा चिप्लिएर खोलामै खसेछु। खोला सानो भएर त हो नत्र भने के हुन्थ्यो। सबै जुत्ता र मोजा पनि भिज्यो। बिहान बिहान देखि नै दशा।
चाहिने औषधि र खानेकुरा राखेर ब्याग प्याक गरेँ। तातो पानी होटलमा माग्न जाँदा उनीहरुले दिनलाई टाइम लाग्ने कुरा गरे। त्यसपछि बिना तातोपानी माथि उक्लियौं। बेस क्याम्पबाट उक्लँदा साँढे ५ बजेको थियो होला। अँध्यारो थियो बाटो देखिँदैनथ्यो तर तिलिचो चढ्नेहरुले बालेको टर्चको लाइट आकाशको तारासँगै माथि आकाशमा चम्किरहेको जस्तो देखिन्थ्यो।
आत्तिएर सबैले लेक नलाग्ने औषधि खाए र पानीमा इलेक्ट्रोबियन र ग्लुकोज भरेर अगाडि बढ्यौं। बेस क्याम्पबाट यात्रा सुरु गर्ने बित्तिकै ठाडो उकालो थियो। त्यो उकालो चढ्न आसनालाई सा¥है गाह्रो भइरहेको थियो। हामीले उसलाई बिस्तारै जान भन्यौं।
चिसो पनि यति थियो कि लगाइरहेको पन्जाले पनि थेग्न सकेन। एउटा साथीले हात चिसोे भयो केही फिल भएन भने पछि तनाव। त्यसपछि अर्को साथीको बाक्लो पन्जा लिएर लगायो। पहिला ठाडो उकालो सकिने बित्तिकै आसनालाई एकदमै गाह्रो भइसकेको थियो। उसलाई मैले माथि जान सक्छौ भनेर सोधें तर उसले जवाफ पनि दिन सकिरहेको थिएन। टाउको मात्र हल्लाएर सक्दिन भनिन्। त्यसपछि रवि (आसनाको बुढो) अप्mठयारो परिस्थितिमा फस्यो। मैले रविलाई तिलिचो जानु अघि देखि नै भनिरहेको थिएँ कि बिहान हामीसँग मर्निङ वाक आउ भनेर। तर उनीहरु वास्ता गरिरहेका थिएनन्। मैले रविलाई तिलिचो चढ्दा यस्तै वातावरण सृजना हुन्छ भनेर त्यै बेला भनेको थिएँ।
रबिले निर्णय लिन सकिरहेको थिएन। आसनासँगै तल झर्ने कि उसलाई छाडेर तिलिचो जाने भनेर। आसना बिरामी भएकी होइनन् उनलाई थकान लागेको मात्र हो। उनी बेसक्याम्प गएर चिया खाएर बसुन्जेल हामी तिलिचो गएर फर्कन सक्छौं भने मैले।
दुबैजनाको मञ्जुरीमा आसनालाई त्यतै छोडेर हामी ६ जना माथि उक्लियौं। अगाडी अरु यात्रीहरुको पैतालाको तालसँग ताल मिलाउँदै हिँडिरहेका थियौं। एक्कासी ठूलो आवाज आयो र मान्छेहरु हल्ला गर्ने थाले। के हो भनि हेर्दा एभेलेन्ज रहेछ। अलिक टाढा भएको भएर कसैलाई खतरा चाहि भएन।
त्यसपछि १२ घुम्ती हो कि नाम चाहि बिर्सिएँ, तिलिचो जान चढ्ने अन्तिम उकालो आयो। त्यो ठाउँबाट माथि हेर्दा चढ्न आँट् सबैको हराउने रहेछ। त्यै भएर त्यो ठाउँमा घोडाको सुविधा पनि रहेछ। घोडा चढेर गयो भने सायद १० मिनेटको पनि बाटो छैन होला तर पैसा चाहि सा¥है महँगो। त्यति चढ्न लाई ४५०० रुपैंया।
मौसम सा¥है चिसो। हावा पनि धेरै चल्ने। चारैतिर हिमाल। त्यत्तिकैमा रबिले भन्यो ‘हावाको वेगले स्वाँस नै रोक्छ कि जस्तो छ।’ दृश्य मनमोहक थियो तैपनि त्यसमा रमाउन सकिरहेको थिएन।
माइन्डलाई सम्झाउँदै बिस्तारै हिँडे र अन्तिममा जुन फोटो हेरेर कल्पना गरेर हिँडेको थियौं त्यै फोटो आँखा अगाडि आएको जस्तै भयो। पुग्ने बित्तिकै थच्चकै बस्यौं र एकछिन सोचे, यति हेर्नका लागि यति धेरै संघर्ष !
एउटा दुईटा फोटो खिचेपछि रबि कसैलाई केहि नभनि सुरुसुरु तल झ¥यो। कसैले याद नै गर्न सकेन। आसनालाई छोडेर तिलिचो चढ्नु उसको पनि आप्mनै नौलो कथा थियो। बाटो भरि आसनालाई सम्झेर उसको कमि महसुस गर्दै आईरहेको हामीले पनि महसुस गर्न सक्थ्यौं।
चिया पसलमा चिया खाँदै गर्दा कसैले हाई भनेभैm लाग्यो। हेर्दा त आसना पो रैछन्। एकछिन सपना हो कि विपना हो जस्तो भयो। उनी एक्लै हिँडेर पछि घोडा चढेर आएकी रैछन्। रबि पनि फर्केर आयो। त्यो बेला आसनासँग रबि पनि तल झरेको भए सायद दुवै जना तिलिचो ताल पुग्दैन थिए होला ! यसरी सबैजनाको टिम भेटेपछि बल्ल आनन्द आयो सबैलाई। त्यसपछि ग्रुप फोटो खिच्न सुरु भयो।
त्यसपछि तल झर्नै हतार भइसकेको थियो। बेस क्याम्पमा बस्ने कुरा थिएन। सिरिखर्कमा होटल बुक गरिसकेको भएर जसरी भएपनि त्यहाँ पुग्नु थियो। फर्केर बेसक्याम्प पुग्दा आसना र रबिलाई गाह्रो भइसकेको थियो। उनीहरु त्यहिँ बस्ने पक्षमा थिए तर हामीले त्यो ठाउँमा नर्क सरह गरेर बस्नु भन्दा अलि दुःख गरेर सिरिखर्कसम्म जाऔं भन्यौं।
गुडबाई तिलिचो
बाटो सहज थिएन, पुरै पहिरोको बाटो भएर पुग्नु पर्ने। सायद रबिको मनमा यहि त्रासले बास गरिरहेको थियो। बिस्तारै कुरा गर्दै सिरिखर्कतिर लाग्यौं। बाटो सानो तर त्यहि बाटोमा घोडा आउँदा निकै अफ्ठेरो हुने। अगाडि आसना थियो, हेर्दाहेर्दै घोडाले उसलाई लडाइदियो र पछि मलाई पनि।
बाटोमा हिँड्दै गर्दा हिमपात सुरु भयो। त्यसपछि मलाई साह्रै खुशी लाग्यो। हिउँ हेर्न यति धेरै ठाउँमा गइसके तर हिँउ हेर्न पाएको थिइन तर, त्यो दिन हिमपात भयो। बिस्तारै हिँउ खेल्दै सिरिखर्क पुग्यौं।
त्यहाँ पनि मान्छेहरु बस्ने ठाउँ नभएर डाइनिङ् रिजर्भ गर्नतिर लागिसकेको रहेछ। हतार हतार हाम्रो कोठा सोधेँ। धन्य हाम्रो दुईवटा मात्र रुम बाँकि थियो। त्यसपछि आनन्दले भारी कोठामा बिसाएर आराम ग¥यौं। डिनर पछि आरामले सुत्यौं।
बिहान उठेर डाइनिङ हलमा जाँदा धेरै मान्छे बसिरहेका थिए। के भएको भनेर हेर्न जाँदा एउटा मान्छे लेक लागेर भुँइमा लडिरहेको रहेछ। छातीमा पम्प गरेर स्वासँ मुखबाट फुकिरहेको थियो। परिस्थिति निकै गम्भिर देखिन्थ्यो। उसका दुई जना साथीसँगै रोइरहेका थिए। त्यसपछि हेलिकप्टर आएर लिएर गयो।
राती नै तिलिचो बेसक्याम्पमा लेक लागेको रहेछ र रातभरी त्यहिँ बसेर बिहान सबेरै हिँडेका रहेछन। हिँड्दाहिँड्दै जसो तसो सिरिखर्क पुगेका रहेछन्। लेक लागेको भए रातिनै घोडा चढाएर तल झानु पर्ने थियो भनेर होटल साहु साहुनी कराउँदै थियो। उनीहरुको कुरा सुन्दा र हामीले एक रात बिताउँन संघर्ष गरेको हेर्दा तिलिचो ट्रेकको उचित ब्यवस्थापन नभएकोे भन्न सकिन्छ।
दुइजना ईन्डियन त्यहाँबाट हिड्न अगाडि भ्ल्ग बनाउँदै थिए। मैले उनीहरुका कुरा सुनिरहेको थिएँ। उनीहरु यसरी भ्ल्ग बनाउँदै थिए कि मानै उनीहरु कुनै युद्धमा जाने लागेको र त्यहाँबाट सकुशल फर्किने सम्भावना कम भएको जस्तो।
त्यसपछि झण्डै डेढ घण्टाको बाटो पछि हामी फर्केर खाङ्सार पुग्यौं। त्यहाँबाट बोलेरो बुक गरेर हामी बेसीसहरतिर झ¥यौं।
सबैको मन थोरङला जान नपाएर उदास थियो। अब फेरि यति लामो बाटो फर्केर हामी थोरङला आउँला र ! साथीहरु दुःखी थिए।
‘एक दिन हामीले थोरङला पार गर्नु पर्छ’, मैलें यति भनेपछि साथहिरु पनि भन्न थाले, ‘हामी पनि फेरी आउने छौं थोराङ्ला पार गर्न।’
त्यो दिन हामी बेशीसहरबाट डुम्रे हुँदै राती ११ बजे पोखरा पुग्यौं। सिरिखर्क ४००० मिटरमा बसेको मान्छे एकै दिन पोखरा ८२० मिटरमा पुग्यौं। भोलिपल्ट दिनभर पोखरामा रमाईलो गरेर अर्को बिहान काठमाडौं फर्कियौं।
यसरी धर्तिकै स्वर्ग मानिएको तिलिचो यात्रा पुरा भयो। तर, होटल, लज आदिको उचित व्यवस्थापन नहुँदा र मौका पाउनेवित्तिकै ठग्ने प्रबृत्तिले गर्दा नर्कको अनुभूति भयो हामीमा। यसमा सरकारले बेलैमा ध्यान देओस्।