कृष्णमणि पराजुली
क्यालीफोर्नियाको छोटो बसाईः केही अनुभव
आजको संसार यसरी खुम्चिएको छकि बिश्वको कुनै एक ठाउंमा बसेको ब्यक्तिले संसारको सबै कुनाको घटनाहरु बाट परिचित भएको हुन्छ र उ एक अमुक ठाउं बाट बिभिन्न गन्तब्यमा पुगेको पनि हुन्छ। यसको अलबा बिज्ञान र प्रबिधिको बिकासले गर्दा क्षण भरमा धेरै ठाउंको भ्रमण गर्न पनि संभंब भएको छ। कुनै पनि ब्यक्तिले आफूलाई मन लागेको बिषयमा अध्ययन गर्न र रोजगारी एबं अन्य ब्ययसाय गर्न बढ्दो खुल्ला अर्थनीतिले गर्दा झन सहज हुन गएको छ। यदि कुनै ब्यक्तिले निश्चित बिधि र प्रकृया पुर्याएको अबस्थामा उ बिश्वको प्रत्येक कुना कुनामा भ्रमण गर्न सक्दछ।
यस प्रकारले जो कोहीको लागि पनि बिश्वनै आफ्नै देश सरह बन्न पुग्न गएको देखिन्छ। यसै सन्दर्भमा म पनि केही दिनको लागि संयुक्त राज्य अमेरिकाको क्यालीफोर्निया तर्फ गएको र त्यहां रहदाको छोटो बसाईमा केही अनुभबजन्य बिषय बारेमा प्रकाश पारीएकोछ। छोटो बसाईमा बिस्तृत रुपमा अध्ययन गर्न नसकिएको हुंदा पाठक बर्गले सोही रुपमा लिनु हुनेछ भन्ने आशा गरेको छु।
बिश्वको सबभन्दा बिकसित र धनि देश मानिएको अमेरिकामा शिक्षा, रोजगारी ,ब्यबसाय लगायत बिभिन्न क्षेत्रमा मानिसहरुको आगमन भईनै रहेको छ। भूगोलको आधारमा पनि निकै ठूलो देश भएको हुंदा यहां धेरै किसिका भिसा बाट मानिसहरुको आगमन हुंदो रहेछ। मुख्य रुपमा ईलेक्ट्रोनिक डाईभर्सिफाईड भिसा र शरणार्थि नै सहज रहेछ। छिमेकी देश मेक्सिको बाट अबैध रुपमा प्रबेश गर्नेहरुको संख्या पनि ठूलै रहेछ। साथै बिभिन्न मुलुक बाट अध्ययन र कामको खोजिमा आउनेहरुको संख्यालाई पनि नजर अन्दाज गर्न सकिने देखिदैन।
यस प्रकार बाट अमेरिकी जनसंख्यामा बिभिन्न देश बाट आउने मानिसहरुको संख्याले पनि प्रभाब पारेको सहजै अनुमान गर्न सकिन्छ। बिभिन्न धर्म, जात जातिको मिश्रण भएकोले कुनै एक जातिको प्रभुत्व रहेको देखिदैन। फरक फरक समुदायको फरक फरक चाल चालन तथा संस्कृति हुनु स्वभाबिकै हो।
प्रत्येक मानिस कुनैन कुनै कुनै कार्यमा संलग्न हुने र सबैले समयलाई बढि महत्व दिने हुंदा कार्यकुशलता एबं कार्य सम्पादनमा कुनै प्रकारको ह््रास नआउने कारणले गर्दा पनि कामको उपलब्धिमा बृध्दि हुनु कुनै नौलो कुरो भएन। शारिरीक कार्यहरु सबैनै उठेरनै गर्नु पर्ने भएको हुंदा कामको ठगि हुने सम्भाबना ज्यादैनै न्यून भएको र तोकिएको पारिश्रमिकमा कुनै सम्झौता नहुने भएकोले पनि मानिसहरु बढि मात्रामा काम गर्न प्रोत्साहित हुने रहेछन्। कामको आधारमा पारिश्रमिक पाउने हुंदा काम प्रति बढि झुकाब हुने रहेछ।
समयमा कार्यस्थलमा पुग्ने र आफ्नो काम सकिए पछि बसी रहनु पर्ने बाध्यता नहुनाले पनि अन्य काम गर्न मिल्ने हुंदा एकै ब्यक्तिले धेरै ठाउंमा काम गर्न पाउने अबसर मिल्ने रहेछ। सानो ठूलो भनि कामको बर्गिकरण नगरिएको हुंदा निम्न तहको काम गर्नेहरुको लागि पनि आफूलाई हेपिने प्रबृत्ति बाट टाढै हुने हुदा कुनै प्रकारको हीनताबोधको संभाबना नआउनु स्वभाबिकै हो।
अमेरिकामा यातायातको पहुच ज्यादै उच्च खालको भएपनि सार्बजनिक यातायातको ब्यबस्था भने त्यति राम्रो देखिएन। यद्यपि सार्बजनिक बस भने सहरको वरिपरि यात्रु नभए पनि नियमित रुपमा घुमिनै रहेका देखिन्छन्। काठमाण्डौमा जस्तो बस, माईक्रो बस र टेक्सीको सुबिधा सहज रुपमा पाईंदो रहेनछ। डाउन टाउनमा भने यो सुबिधा भेटिन्छ।
फराकिला सडकको प्रसस्त संजाल भएको र ट्राफिक जामको समस्या नहुने भएकोले सडक दुर्घटना नगन्यनै देखिन्छन्। अधिकांश ब्यक्तिका आफ्नै सवारी साधन हुने हुंदा सार्बजनिक यातायातले प्राथमिकता नपाएका हुन सक्दछन्। सेकेण्डहाण्डका सामान्य सवारी साधन खरीद गर्ने हो भने करीब दुई तिन हजार अमेरीकी डलरमा पनि उपलब्ध हुन सक्दो रहेछ।
धेरैको निजि आबास नभएपनि बहालमा घर लिनको लागि कुनै समस्या हुदैन। घरको किसिम र निश्चित भाडा वभस् साईडमा राखिएको हुदा घर खोज्न त्यति समस्या नभएपनि भाडा महंगो भएको ले टाउको दुखाई हुने रहेछ। दैनिक पारिश्रमिक सन्तोष जनक भएपनि महंगो घरभाडाले सताउंदोे रहेछ। महंगो भएको कारणले गर्दा घरभाडा सेयर गरेर बस्ने प्रचलन बढ्दै गएको देखिन्छ।
शिक्षाको बिषयमा कुरा गर्ने हो भने यहां पनि दुई किसिमको शिक्षा प्रणाली रहेछ ,निजि र सार्बजनिक। निजी बिद्यालय महंगा भए पनि शिक्षाको गुणस्तर भने उच्च हुंदो रहेछ। सार्बजनिक बिद्यालय भने निशुल्क हुने भएकोले शिक्षा बाट कोही पनि बन्चित हुनु पर्दैन। न्यून आय भएकाहरुलाई मात्र सरकारी बिद्यालयमा पढ्ने अबसर मिल्ने र अन्यको हक्मा निजि बिद्यालय। बिद्यार्थी भर्ना गर्दाको अबस्थामानै अभिभाबकले आय श्रोत पेश गर्नु पर्ने प्राबधान राखिएकोले कसले सार्बजनिक बिद्यालयमा पढ्न पाउने र कसले पढ्न नपाउने भन्ने प्रश्न आउनेनै भएन। एउटा बिद्यालयमा भर्ना हुन नमिले अर्को नजिकको बिद्यालयमा भर्ना पाउने ब्यबस्था अनिबार्यनै रहेछ।
सबैलाई स्वास्थ्य सुबिधा नभए पनि अमेरिकी नागरिकलाई भने यो सुबिधा रहेछ। स्वास्थ्य सुबिधाको माध्यम भनेको बिमानै रहेछ। बिमा नगर्नेले यो सुबिधा नपाउने हुंदा सबैलेनै बिमा गराउनु पर्नेनै रहेछ। स्वास्थ्यमा देखिएको मुख्य समस्या भनेकोनै गैर कानूनी र अस्थायी रुपमा बसी आएकाहरु कानूनी रुपमा अमेरीकी नागरिक नहुने हुंदा समस्या भने रहेकै देखिन्छ। आकस्मिक रुपमा वा कुनै दुर्घटना भए त्यस्ता बिरामी गैर अमेरीकी भए पनि उपचार हुदो रहेछ। जस्तो सुकै ठूलो रोग लागेकाहरुको लागि पनि यदि बिमा गराएको छ भने कुनै समस्या हुदो रहेनछ।
सबै नागरिकलाई खानेपानीको सर्ब सुलभनै भएको छ। हाम्रो देशमा जस्तो खानेपानीको कुनै समस्या छैन। घरधनिले पानी, बत्तिको ब्यबस्था गरेर मात्र घर भाडामा लगाउन पाउने पूर्ब शर्तले गर्दा खानेपानी सबैलाईनै सर्ब सुलभ भएको देखिन आउंछ। पानीको स्वच्छता उच्च स्तरको भएको ले सिधै धारा बाट पिउन सकिने भएकोले फिल्टर गर्न र उमाल्ने झंझट हुंदो रहेनछ।
अमेरिकी परिबार नेपाली परिवार जस्तो संयुक्त परिवार हुँदो रहेनछ। अठार बर्ष पुगे पछि छोरा छोरी बाबु आमा संग नबसि छुट्टै बस्ने गर्दा रहेछन् र आफै आत्म निर्भर हुर्ने प्रयासमा लाग्ने हुंदा अभिभाबकलाई कुनै बोझ पार्दा रहेनछन्।
बिभिन्न देशहरु बाट आएकाहरु र यहांका अमेरीकी बिच कता कता केही पृथकता रहेको भान परेको जस्तो देखिन्छ। खासगरी राम्रो रोजगारीमा सकभर आफ्नै देशका नागरिकहलाई प्राथमिकता दिने र अन्य निम्न स्तर र कठिन काममा भने गैर अमेरीकी एबं आप्रबासीलाई दिईने परिपाटीको भने अन्त्य हुन सकेको छैन।
अमेरिकाले आफ्ना नागरिकहरुलाई बिभिन्न किसिम बाट शिक्षा, स्वास्थ्य, आबाश, रोजगारी जस्ता आधारभूत क्षेत्रमा सेबा पुर्याउंदै आएकोले उनीहरुको जनजीवनमा सुधार हुदै गएको छ भने त्यहि सुबिधा अमेरिकामा बस्ने आप्रबासीहरुलाई नहुने हुंदा दुई नागरिक बिच ठूलो भिन्नता देखिन्छ। आफनो देशका नागरिक सरह आप्रबासीहरुलाई पनि मानबताको दृष्टिकोण बाट न्यूनतम सुबिधा उपलब्ध गराउनु अमेरिकाको लागि पनि लाभजन्यनै हुनेछ।
साथै अमेरिकामा लामो अबधि देखि बिभिन्न क्षेत्रमा काम गरी आएका र कुनै आपराधिक गतिबिधिमा नलागि अमेरिकाको बिकासमा टेवा पुर्याउंदै आएका आप्रबासीहरु प्रति अनुदार नभई उनीहरुलाई सम्मानजनक रुपमा अमेरिकामानै बस्न पाउने ब्यबस्था गरीएमा अमेरिकाकै हितमा पनि हुनेछ। हाल नेपालको लागि टिपिएस प्रणाली हटाएकोमा त्यहां बिभिन्न काममा संलग्न भई आएकाहरुको लागि यो खारेजीले ठूलो समस्या श्रृजना गरेको हुंदा पुनःयसलाई कायम गरीएको खण्डमा त्यहां रहेका नेपालीहरुलाई ठूलो राहत पुग्न गई अमेरीकी सरकारको लागि पनि फलदायी हुने देखिन्छ। जेजस्तो समस्या भएपनि अमेरिकाले गरेको बिभिन्न क्षेत्रको बिकासले आज बिश्वलाईनै आकर्षण गरेको छ। मुख्य सहरहरुमा जग्गाको अभाब हुने भएकोले अग्ला अग्ला गगनचुम्बी भवनहरुको निर्माणले केही हदसम्म आबासको समस्या सुल्झीएको देखिन्छ।
अमेरीकी सरकारले खासगरी सूचना प्रबिधिको क्षेत्रलाई प्राथमिकता दिई आएको छ। आईटिको बिकासको सहजीकरणको लागि सिलीकन भ्यालीमा एकै ठाउंमा एकिकृत गर्ने उद्देश्यले एक किसिमको हब्स को नै बिकास गरीएको रहेछ। त्यहां स्थापना भएका गुगल, फेसबुक, एप्पल जस्ता सूचना प्रबिधिका संजालहरुले पनि यो कुरालाई पुष्टि पारेका छन्। जुनसुकै क्षेत्र पनि डिजिटल प्रणालीमा आधारित भएको हुदा जो सुकैको लागि पनि सूचना प्रबिधिको ज्ञान आबश्यक हुंदो रहेछ।
अन्त्यमा,
अमेरिकाले गरेको बिकास जस्तो हामीले गर्न नसके पनि त्यहांको बिज्ञान र प्रबिधिको ज्ञान बाट हामीले धेरै कुरा क्र्रमिक रुपमा सिक्दै अघि बढ्दै जानु हितकर हुनेछ। एकैचोटी बिकास गर्न संभंब नभए पनि बामे सर्दै प्रयासरत हुनु पर्ने आजको हाम्रो आफ्नै आबश्यकताले प्रष्ट पारीसकेकोछ। krishnamaniparajuli@hotmail.com