झापाको अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
शनिबार साँझ सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार अर्जुनधाराको मेयर पदमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपमेयरमा एमालेकै खड्गमाया पराजुली विजयी भएका हुन्।
तामाङले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धका साझा उम्मेदवार नेपाली कांग्रेसकी रञ्जिता कार्कीलाई ५ हजार ४ सय २६ मतान्तरले पराजित गरे।
मेयरमा निर्वाचित तामाङले १९ हजार १६९ मत पाउँदा पराजित कार्कीले १३ हजार ७ सय ४३ मत पाएकी थिइन्।
उपमेयरमा पराजुलीले गठबन्धनअन्तर्गत माओवादी केन्द्रका नितेश योञ्जनलाई ४ हजार ६ सय ७२ मतान्तरले पराजित गरिन्। निर्वाचित पराजुलीले १३ हजार ७ सय ४३ तथा पराजित योञ्जनले ९ हजार ७१ मत मात्र पाए।