भरतपुर महानगरपालिकामा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्ना निकट प्रतिस्पर्धीको तुलनामा झन्डै सात हजार मतको अग्रता लिएकी छन्।
यहाँ अहिलेसम्म ८३ हजार १ सय ११ मतगणना पूरा भएको छ। त्यसमध्ये दाहालले ३२ हजार ५ सय १९ मत ल्याएकी छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २५ हजार ५ सय ८० मत ल्याएका छन्।
सुवेदीको तुलनामा दाहाल ६ हजार ९ सय ३९ मतले अगाडि छिन्।
भुइँकटहर चुनाव चिह्न भएका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार २ सय ९६ मत ल्याएका छन्।
त्यस्तै उपमेयरमा गठबन्धन तर्फबाट कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन्। उनले ३४ हजार ९ सय ३४ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरूङले २० हजार ३१ मत पाएकी छन्।
अहिले भरतपुरमा वडा नम्बर १७ र १८ को मतगणना भइरहेको छ।
वडा नम्बर १७ मा नेपाली कांग्रेसले ८ सय ५३ र नेकपा एमालेले ६ सय ४० मत प्राप्त गरेको छ। त्यस्तै वडा नम्बर १८ मा एमालेले ५ सय ५६ र कांग्रेसले ५ सय २५ मत ल्याएको छ।