काठमाडौं महानगरपालिकाको उपमेयर पदका लागि नेकपा एमालेकी सुनिता डंगोलले ३४ हजार बढी मत पाएकी छन्। उनले आफ्नो अग्रता कायम राख्दै आफ्ना प्रतिस्पर्धीहरूसँग फराकिलो मतान्तर बनाएकी हुन्।
राष्ट्रिय सभा गृहमा जारी मतगणनामा शनिबार राति साढे नौ बजेको विवरण अनुसार उनले ३४ हजार ३० मत प्राप्त गरेकी हुन्।
उनका प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ भने निकै पछाडि छन्।
श्रेष्ठले अहिलेसम्म जम्मा ११ हजार ८४२ मत मात्रै पाएका छन्।
उनी सुरूवातदेखि नै पछि परेका थिए भने डंगोलले सुरूदेखि नै अग्रता लिँदै आएकी थिइन्।
उपमेयरका यी दुई उम्मेदवारबीचको मतान्तर अहिले २२ हजार १८८ छ।