काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ मा कांग्रेसले जितेको छ।
निर्वाचन आयोगका अनुसार २७ नम्बर वडामा कांग्रेस उम्मेदवार योगेश कुमार खड्गीले वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन्।
खड्गीले १५४१ मत ल्याएका छन्। उनले एमालेका चिनिया मान बज्राचार्यलाई पराजित गरेका हुन्। बज्राचार्यले १३०३ मत ल्याएका छन्।
काठमाडौंमा अहिलेसम्म नतिजा आएकामध्ये वडा नम्बर २७, ६, ८, २८, २९ र ३० गरी ६ वटा वडामा जितेको छ।
एमालेले पनि १, २, ३, ४, ५ र ३२ नम्बर गरी ६ वटै वडामा जितेको छ।
अहिले ७, ९, १०, ११, २४, २५, २६, र ३१ वडामा मतगणना जारी छ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह सबभन्दा अगाडि छन्। हालसम्म उनले ३५ हजार ७५१ मत पाएका छन्।
त्यस्तै एमालेका मेयर उम्मेदवार केशव स्थापितले १९ हजार ५१५ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १९ हजार ४५८ मत ल्याएकी छन्।