भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्ना प्रतिस्पर्धीहरूसँग अग्रता कायम राखेकी छन्।
उनले ६६६६ मतको अग्रता लिएकी छन्।
८१ हजार १०९ मत गणना गर्दा उनले ३१ हजार ६७६ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मत प्राप्त गरे।
यस्तै, भुइँकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन्। उनले ३४ हजार ८६ मत ल्याएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार हिमला गुरूङले १९ हजार ४९५ मत प्राप्त गरिन्।
अहिले वडा नम्बर १७ को मतगणना भइरहेको छ। त्यस वडामा ७९९ मत गणना हुँदा नेपाली कांग्रेसले ३८१ मत र नेकपा एमालेले २९६ मत प्राप्त गरेको छ।
त्यस्तै वडा १८ को ३०० मत गन्दा नेपाली कांग्रेसले १०८ मत र नेकपा एमालेले १४९ मत प्राप्त गरेको छ।