कांग्रेसबाट विद्रोह गरी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार मनोज साहले फराकिलो अग्रता कायम राखेका छन्।
हालसम्मको गणनामा उनले ९१९४ मत ल्याएका छन्।
उनलाई नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले पछयाइरहेका छन्। उनले ७१९३ मत ल्याएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ३५९५ मत ल्याएर तेस्रो स्थानमा छन्।
सत्तारूढ गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान मेयर लालकिशोर साहले ३३०१ मत ल्याएर चौथो स्थानमा छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार बलराम महतो ३०२२ मत ल्याएर पाँचौं स्थानमा छन्।
उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोरी साह १०६४० मतसहित अग्र स्थानमा छन्।
उनलाई एमालेकी रुणा झाले पछयाइरहेकी छन्। उनले ८१४३ मत ल्याएकी छन्। लोसपाकी उम्मेदवार एवं निवर्तमान उपमेयर रिता झाले ३६३९ मत ल्याएर तेस्रो स्थानमा छिन्।