यो वर्ष आठ वटा गीत चर्चा बटुल्न सफल भएको छ। यतिबेला सामाजिक संजालमा जताततै यी गीतहरू माथिल्लो स्तरमा आएको छ। गुगलले २०२३ मा इन्टरनेटमा चर्चित भएका गीतहरूको लिस्ट निकालेको छ।
जसमध्ये पहिलो नम्बरमा बबी देओलको 'जमात कुडु' बोलको गीत रहेको छ। बलिउड फिल्म 'एनिमल' मा बबीको प्रवेश हुँदा फिल्ममा यो गीत बजेको थियो। जुन गीतमा रिल्स बनाउनेको संख्या २ मिलियन पुगेको थियो। बबीले आफ्नो इन्स्टाग्राममा भिडिओ सेयर गर्दै भिडिओमा रिल्स बनाउनेको संख्या २ मिलियन रहेको बताएका थिए। यो गीतमा रिल्स बनाउनेले बबीले फिल्ममा गरेजस्तै टाउकोमा गिलास राखेर नाचेका भिडिओ सामाजिक संजालमा चर्चित रहेको छ।
यस्तै दुई नम्बरमा चर्चा बटुल्न सफल भएको गीत हो 'खलासी'। यो सामाजिक संजालमा जताततै भेटिन्छ। 'खलासी गोती लो' बोलको गीत आदित्य गढवीले गाएका हुन्। दशैतिहारको बेला यो गीतले धेरै चर्चा पाएको थियो। यो गीतमा संगीत अचिन्टले भरेका हुन्। यो गुजराती भाषाको गीत हो। नयाँ तरिकाले युवालाई मनोरञ्जन दिने तरिकाले म्युजिक टिमले यो गीत बनाएका हुन्। यो गीतलाई यूट्टुबमा ९५ मिलियनले हेरेका छन्।
तेस्रो नम्बरमा छ 'चुनरी तेरी चमकली गुलाबी शरारा'। इन्द्र आर्यले गाएको यो गीतमा हलिउड, बलिउड कलाकारले समेत रिल्स बनाएका छन्। युट्युबमा राखिएको यो गीतलाई हेर्नेको संख्या ४४ मिलियन पुगेको छ। यो गीतको पहिलो लाइनभन्दा तेस्रो लाइन 'ठुमक ठुमक जब हिट छै तू पहाडी बाटयूं मा छम छम पायल घुंघरू' चर्चा भएको छ।
'बहरला हा मधुमास' बोलको गीत चौथो नम्बरमा छ। श्रेया घोषाल र अजय गोगावले गाएको गीतको नृत्य चर्चामा आएको छ। यो गीत मराठी फिल्म 'महाराष्ट्र शाहीर' को हो। मराठी भाषामा गाएको यो गीत सामाजिक संजालमा चर्चित छ। युट्युबमा यो गीतलाई हेर्नेको संख्याको ११ मिलियन रहेको छ।
पाँचौ नम्बरमा नेपाली गीत रहेको छ। पुरानो नेपाली फिल्म 'कर्तव्य' को 'बादल वर्षा बिजुली' बोलको गीत सामाजिक संजालमा चर्चित छ। अभिनेता दिलिप रायमाझी र अभिनेत्री सज्जा मैनालीको नृत्य रहेको यो गीतमा बलिउडका कलाकारहरूले पनि भिडिओ बनाएका छन्। आनन्द कार्की र प्रश्न्ना शाक्यले गाएको यो गीत टिकटकमा चर्चित भएको थियो। टिकटकमा हिट भएपछि यो गीतलाई रिमेक गरिएको छ।
छैठौं नम्बरमा रहेको छ 'किलिए किलिए' बोलको गीत। यो गीत भारतको केरलमा बोलिने मलायालम भाषामा रहेको छ। यो गीतमा पनि धेरैले रिल्स बनाएका छन्।
'मोए मोए' बोलको गीत सातौं नम्बरमा रहेको छ। सामाजिक संजालमा चर्चित रहेको यो गीतलाई टेरा दोराले गाएकी हुन्। सामाजिक संजालमा यो गीतमा हास्य तरिकाले रिल्स बनाए पनि यो एक भावुक गीत हो। भाषा नबुझेपनि सबै देशका व्यक्तिहरूले यो गीतमा मनोरञ्जित भएका छन्।
'हिरोइन' बोलको गीत आठौं नम्बरमा रहेको छ। यो भोजपुरी गीत हो। निलकेमलले गाएको यो गीत पनि सामाजिक संजालमा भाइरल रहेको छ। यो गीतमा धेरैले रिल्स बनाएका छन्।