लिउड फिल्म निर्देशक एवम् सम्पादक शिरिष कुन्देरले नेपाली युवा फिल्म निर्देशक अनिल न्येपानेले बनाएको 'बब' फिल्मको प्लट चोरी गरेर 'कृति'नाम फिल्म बनाएको कुराले यतिखेर नेपाल र भरत दुवै देश तातेको छ। शिरिषले आफूमाथीको आरोपको खन्डन गर्दै आएका छन्। त्यसमाथी शिरिषले उल्टो अनिलले आफ्नो मानमर्दन गरेको भन्दै निशर्त माफी माग्नुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्।
तर यो पहिलो घटना भने होइन्। घटना पहिलो नभए पनि विभिन्न कालखन्डमा बलिउडले नेपाली संगीत आफ्ना फिल्ममा कपि गर्ने गरेको छ। कपी गर्दा उनीहरूले अनुमती लिएर र अनुमति बेगर दुबै किसिमले प्रयोग गरेका छन्।
विभिन्न समयमा नेपाली गीतसंगीतलाई बलिउड फिल्मका संगीतकारहरुले राम्रै गरी उपयोग गर्ने गरेका छन्। यस सूचिमा पुराना संगीतकार आर डी बर्मन देखि ए आर रहमानसम्म रहेका छन्। के कति नेपाली गीतलाई बलिउडले प्रयोग छ भन्ने बारेमा एकिन तथ्याङ्क नभएपनि विभिन्न कालखण्डमा बलिउडले नेपाली गीतसंगीत सापटी लिनेको गरेको चाँहि सत्य हो। कति गीत अनुमति लिएर प्रयोग गरिएको छ भने कति गीत बिना अनुमति प्रयोग गरिएको छ।
बलिउडले सापटी लिएका केही गीतहरुको सूचि यस्तो छ:
१.अम्बर गुरुङ्को 'ए कान्छा'लाई एस डि बर्मनले बनाए 'दिवाना तुझसा नही'