बलिउड अभिनेत्री एवं राजनितिज्ञ जया प्रदा ५५ वर्षकी लागिन्। उनले बलिउडमा कयौं हिट फिल्म दिएकी छन् तर उनको करियरको सुरूवात भने दक्षिण भारतिय तेलेगु फिल्मबाट भयो। उनले फिल्मसँगै राजनितिमा पनि नाम कमाउन सफल रहेकी छन्। तेलेहु देशम पार्टीबाट राजनिति सुरू गरेकी उनी हाल राष्ट्रिय लोकदलमा सम्बद्ध छिन्।
१४ वर्षको उमेरमा स्कूलको कार्यक्रममा नाच्दै गरेकी जयालाई एक निर्देशकले 'मूमि कोसम' फिल्ममा नाच्न आग्रह गरे तर उनले मानिन पछि उनका बाबुआमाले कर गरेपछि उनले सो फिल्ममा काम गरिन्। ३ मिनेट लामो नाचका लागि उनले पारिश्रमिक स्वरूप १० रूपयाँ पाएकी थिइन्।
सोही फिल्मको कामबाट प्रभावित भएर फिल्मको प्रस्ताव राखे जसलाई उनले सहर्ष स्विकार गरिन्। उनले 'सरगम' फिल्मबाट बलिउडमा ब्रेक पाइन्। त्यो फिल्म 'श्री श्री मुवा'को हिन्दी रिमेक थियो। फिल्म सफल भयो र जया पनि लोकप्रिय भइन्। तत:पश्चातका केही फिल्म चलेनन तर सन् १९८२ को फिल्म 'कामचोर'ले फेरि उनको भाग्य बलिउडमा चम्कियो।
क्षेत्रिय भाषाको फिल्मबाट बलिउडमा चम्किने जया एक मात्र प्रतिनिधि पात्र होइनन्। अन्य थुप्रै अभिनेत्रीले दक्षिणका फिल्मबाट करियर सुरू गरे र बलिउडमा स्टारडम कमाए। त्यस्ता अभिनेत्रीको सूचि यस्तो छ:
१. दीपिका पादुकोण:
धेरैलाई दीपिकाले 'ओम शान्तो ओम'बाट बलिउडमा डेब्यू गरिन तर धेरैलाई थाहा नहुनसक्छ त्यसहघि दीपिकाले सन् २००७ मा दक्षिणको फिल्म 'ऐश्वर्या'बाट डेब्यू गरसकेकी थिइन्।
२. प्रियंका चोपडा:
उनले पनि फिल्ममा डेब्यू दक्षिण फिल्मबाट नै गरिन्। उनले थमिजान फिल्ममा बलिउडमा डेब्यू गर्नुअघि काम गरिसकेकी थिइन्।
३. ऐश्वर्या राय:
उनले हिन्दी फिल्म अघि 'ईरूवर'मा काम गरेकी थिइन्।
४. असिन:
धेरैले उनलाई 'गजनी'बाट चिने तर उनी दक्षिण भारतिय फिल्मकी चल्तीकी हिरोइन थिइन्।
५. सयामी खेर:
राकेश ओम प्रकाश मेहेराको फिल्म 'मिर्जिया'बाट बलिउड आएकी सयामीले 'रे' फिल्मबाट काम सुरू गरेकी थिइन्।
६. कृति सेनन:
टाइगर श्रफसँग 'हिरोपन्थी'मा जोडी बाँधेकी कृतिको पहिलो फिल्म 'नेनोक्कडीने' हो।
७. उर्मिला मार्तोडकर:
'रंगिला' फिल्मबाट रातारात चर्चित बनेकी उर्मिलाको डेब्यू पनि साउथ फिल्म 'चाड्क्य'बाट भएको हो।