दक्षिण भारतीय अभिनेता कमल हासन अभिनीत फिल्म 'ठग लाइफ' को ट्रेलर सार्वजनिक भएको छ।
शनिबार सारेगम म्युजिक युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा कमल हासनको एक्सन देख्न सकिन्छ।
मणि रत्नम निर्देशित फिल्ममा कमल हासन, सिलाम्बरासन, तृषा कृष्णन, महेश मान्जरेकर, अली फजल, ऐश्वर्या लक्ष्मीलगायत कलाकारको अभिनय छ।
यो फिल्म ५ जुनमा रिलिज हुनेछ।
कमल हासन र मणि रत्नमले पछिल्लो समय सन् १९८७ मा फिल्म 'नायकन' मा एकसाथ काम गरेका थिए। उनीहरूले ३६ वर्षपछि एकसाथ काम गरेका हुन्।