'इन्डियन आइडल १२' का विजेता पवनदीप राजन दुर्घटनामा परेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनको उत्तराखन्डबाट दिल्ली जाँदै गर्दा कार दुर्घटना भएको हो। यस दुर्घटनामा पवनदीप राजनसँगै उनका साथी अजय मेहरा र ड्राइभर राहुल सिंह बौहर घाइते भएका छन्। उनीहरू उत्तराखण्डको चन्पावतमा बस्थे।
करिब रातको २:३० बजे कार चलाइरहेका ड्राइभरलाई निद्रा लागेपछि दुर्घटना भएको बताइएको छ। पवनदीपलाई उनको परिवारले नोएडाको फोर्टिस हस्पिटलमा भर्ना गरेका छन्। यतिबेला उनी आइसियुमा छन्।
पवनदीपको बायाँ खुट्टामा र दायाँ हातमा चोट लागेको छ। ड्राइभरको स्थिति पनि गम्भिर रहेको बताएको छ।