बलिउड अभिनेत्री श्रद्धा कपूर टप अभिनेत्रीमध्ये एक हुन्। उनले थुप्रै हिट फिल्ममा काम गरिसकेकी छन्।
सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ राम्रो छ। उनी पछिल्लो पटक 'स्त्री २' मा देखिएकी थिइन्। यो फिल्मले कीर्तिमानी कमाइ गरेको थियो। त्यसैले सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्।
हालै एकता कपूरले श्रद्धालाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो। यो फिल्मका लागि श्रद्धाले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ।
भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार श्रद्धाले एकताको यो फिल्मको लागि १७ करोड भारू पारिश्रमिक लिएकी छन्। उनले पारिश्रमिकबाहेक नाफाको अंश पनि मागेकी छन्। योसँगै उनी भारतकै सबभन्दा महँगी अभिनेत्री बनेकी छन्।
उनले 'स्त्री २' को लागि ५ करोड भारू पारिश्रमिक लिएकी थिइन्।
उनले 'तीन पत्ती' बाट फिल्ममा डेब्यू गरेकी थिइन्। त्यसपछि उनले 'लभ का द एन्ड, आशिकी २, गोरी तेरे प्यार मे, एक भिलेन, हैदर, उंगली, एबीसीडी २, बागी, फ्लाइङ जट, रक अन २, हाफ गर्लफ्रेन्ड, साहो, छिछोरे, बागी ३, तु झुटा मैं मक्कार' जस्ता फिल्ममा काम गरिसकेकी छन्।