बलिउड अभिनेत्री पूजा भट्टका भाइ राहुल भट्टले हालै आफ्नी सौतेनी बहिनी आलिया भट्टका बारेमा कुरा गरेका छन्।
उनले आलियाको ट्यालेन्ट र सफलताको प्रशंसा गर्दै भने, 'आलिया मेरी दिदी पूजा भट्टको अगाडि केही पनि होइनन्।'
राहुल भट्टको यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जहाँ आलिया भट्टलाई बलिउडको एक सक्षम अभिनेत्रीको रूपमा लिइन्छ, त्यहीँ उनका सौतेनी भाइ राहुलले पूजा जति आलिया सक्षम नभएको बताएका छन्।
'आलिया भट्टसँग प्रतिभा छ। सारा ब्रह्माण्ड पनि उनीसँगै छ। उनी पब्लिक रिलेसन राम्रोसँग बुझ्छिन्। उनीसँग सबै कुरा छ र जब तपाईंसँग सबै कुरा हुन्छ, तब सिंगो ब्रह्माण्डले तपाईंको चाहना पूरा गराउन षड्यन्त्र गर्छ,' उनले भने।
राहुलले थप्दै भने, 'मेरो विचारमा उनी मेरी आफ्नै दिदी पूजाको आधी पनि होइनन्। न त प्रतिभामा, न सौन्दर्यमा, न त आकर्षकताको हिसाबले। मेरी दिदीको अगाडि उनी त पानी कम चिया जस्ती हुन्। हाम्रो दाजुभाइ-बहिनीहरूमा सबैभन्दा प्रतिभाशाली र नैतिक पूजा नै हुन्। पूजाले मेरो बाबुको विरासत अगाडि बढाइन्। मैले उनको स्टारडम आफैँ देखेको छु। त्यो समय उनी बलिउडकी सबैभन्दा चर्चित सेक्स सिम्बोल थिइन्।'