दक्षिण भारतीय अभिनेता रजनीकान्त र बलिउड अभिनेता आमिर खान पहिलो पटक एकसाथ काम गर्दैछन्।
उनीहरूले 'कुली' मा एकसाथ काम गर्न लागेका हुन्। रजनीकान्तको फिल्म 'कुली' निकै चर्चामा छ। यस फिल्ममा रजनीकान्त, आमिर खान, नागार्जुन, उपेन्द्र राव, श्रुति हासन, सत्यराज, सौबिन शाहिरलगायत कलाकार देखिनेछन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उपेन्द्रले फिल्ममा आमिरको इन्ट्री भएको बताएका हुन्। यस फिल्ममा आमिर खान केमियो भूमिकामा देखिनेछन्।
लोकेश कनगराजले निर्देशन गर्न लागेको फिल्म 'कुली' १४ अगस्ट २०२५ मा हलमा रिलिज हुनेछ। फिल्ममा रजनीकान्त नकारात्मक भूमिकामा देखिनेछन्।