बलिउड अभिनेता अक्षय कुमार आगामी फिल्म 'केसरी २' लाई लिएर चर्चामा छन्।
यसैबीच उनले सलमान खानको कामको तारिफ गरेका छन्। 'सिकन्दर' रिलिज भएपछि सलमान खानको ट्रोल भइरहेको छ। केही व्यक्तिले सलमान खान अब बुढो भएको समेत बताएका छन्।
अक्षयले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै भने, 'टाइगर जिउँदो छ र सधैं रहनेछ। सलमान एक यस्तो टाइगर हुन् जो जिन्दगीभर मर्न सक्दैनन्। उनी मेरो साथी हुन् र सधैं रहनेछन्।'
अक्षय कुमारले सलमान खानको समर्थन गरेपछि फ्यान निकै खुसी भएका छन्। सामाजिक सञ्जालमा अक्षयको तारिफ भइरहेको छ।
अक्षयको आगामी फिल्म 'केसरी २' १८ अप्रिल अर्थात वैशाख ५ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्ममा अक्षयसँगै आर माधवन, अनन्या पाण्डेलगायत कलाकारको अभिनय छ।
त्यस्तै सलमान खानको 'सिकन्दर' ३० मार्चमा प्रदर्शन भएको थियो। फिल्ममा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ।