केही समयअघि अभिनेता गोविन्दा र उनकी श्रीमती सुनीता अहूजा डिभोर्सको खबरलाई लिएर चर्चामा थिए।
हालै सुनीताले डिभोर्सको खबर झुटो रहेको बताएकी थिइन्। यतिबेला सुनीता जहाँ जान्छिन् डिभोर्सको प्रश्नले घेरिन्छिन्।
हालै उनले भारतीय सञ्चारमाध्यम इन्स्टेन्ट बलिउडसँग कुराकानी गर्दै भनिन्, 'म बच्चादेखि यस्तै छु। मेरो मनमा कुनै खोट छैन। मान्छेहरू भन्छन् कि गोविन्दा इन्टरटेनर छ तर गोविन्दालाई मात्र एक महिला इन्टरटेन गर्न सक्छिन्, त्यो हो सुनीता आहुजा। गोविन्दालाई मैले सधैं हसाएको छु, रूवाएकी छैन।'
गोविन्दाको ३० वर्षकी मराठी अभिनेत्रीसँग प्रेम सम्बन्ध भएपछि डिभोर्स हुन लागेको बताइएको थियो।
गोविन्दा र सुनीताले ११ डिसेम्बर १९८७ मा विवाह गरेका थिए।